अजितले जिते ८ किमिको बन्दीपुर मिनि म्यारथन

आदर्श समाज सम्वाददाता
माघ ४, २०७६
Bandipur Mini Marathon

तनहुँ । काठमाण्डौंका अजितकुमार यादवले बन्दीपुर मिनि म्याराथनको उपाधि जितेका छन् ।

खुला तर्फको दौड प्रतियोगितामा बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिका कार्यलयसम्मको ८ किमिको दूरीलाई अजितकुमारले ३८ मिनेट ५३ सेकेण्डमा पूरा गरेका थिए । विजेता अजितकुमारले ३० हजार पुरस्कार पाए ।

त्यस्तै, मिनि म्याराथनमा ओेखलढुंगका अनिल कार्की दोस्रो भएका हुन् । अनिलले उक्त दूरी ३९ मिनेट १६ सेकेण्डमा पूरा गरेका थिए । अनिलले १५ हजार पुरस्कार पाए ।

त्यस्तै आन्तरिकतर्फको दौडमा बन्दीपुर–१ का चन्द्रकुमार सुनार प्रथम र वडा नं २ का रविन गुरुङ दोस्रो भए । सुनारले उक्त दूरी ४४ मिनेट ५१ सेकेण्ड र गुरुङले ४६ मिनेट ३७ सेकेण्डमा पूरा गरेका थिए । प्रतियोगितामा खुल्ला र आन्तरिक दौड गरी ३० धावकको सहभागिता रहेको थियो ।

विजेताहरुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र गाउँपालिकाका अध्यक्ष पूणसिंह थापाले पुरस्कार वितरण गरेका थिए ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी बन्दीपुर गाउँपालिकाले मिनि म्याराथनको आयोजना गरेको हो ।

गत वर्ष एकल महिलालाई सिरक वितरण गरिएको थियो । भ्रमण वर्ष २०२० लाई मध्येनजर गदै बन्दिपूर गाँउपालिकाले प्रत्येक हप्ता १/१ कार्यक्रम गर्ने गाँउपालिकाका अध्यक्ष थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width