परोपकार महासंघमा कमलनयन

आदर्श समाज सम्वाददाता
माघ ४, २०७६
propakar

पोखरा, ३ माघ । राष्ट्रिय परोपकार महासंघ नेपाल केन्द्रीय कार्यसमितिको १२ औं वार्षिकोत्सव एवं चौथो अधिवेशनले भागवत्भाष्कर पं. कमलनयन गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, सचिव कृष्णप्रसाद शर्मा तिवारी, कोषाध्यक्ष सीता पराजुली, सह–कोषाध्यक्ष ललितबहादुर कुँवर चयन भएका छन् । सदस्यमा कृष्णबहादुर क्षत्री, शेरबहादुर गुरुङ, तारानाथ घिमिरे, जब्बरबहादुर लामिछाने र घनश्याम गिरी छन् ।

उक्त कार्यक्रम उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री मन्त्री रामशरण बस्नेतले गरेका थिए ।निर्वाचित समितिलाई निर्वाचन संयोजक ललितबहादुर भण्डारीले बधाई एवं आगामी कार्यकालको शुभकामना दिँदै आफ्नो मन्तव्य राखेका थिए ।कार्यक्रममा संस्थाका उपाध्यक्ष मोहनबहादुर भण्डारीले स्वागत मन्तव्य राखेका थिए । जन–जनका मन–मनमा ‘सेवा नै धर्म हो’ मूल उद्देश्य लिएर स्थापित संस्था स्थापित भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width