अन्नपूर्ण बेसक्याम्प नजिक हिउँपहिरोमा नेपालीसहित ६ बेपत्ता

आदर्श समाज सम्वाददाता
माघ ४, २०७६
Annapurna-Base-Camp-Trekking-in-Nepal

पोखरा ।कास्कीको अन्नपूर्ण बेस क्याम्प नजिक हिम्कुम हिउँपहिरोमा परी ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४ जना कोरियन र २ नेपाली छन् । यद्यपि यसको आधिकारिक विवरण भने अझै प्राप्त नभएको कास्की प्रहरीले जनाएको छ ।

‘ठ्याक्कै आधिकारिक कुरा आएको छैन । हामीले स्थानीयसँग पनि सम्पर्क गर्न खोजेका छौं तर सम्पर्क हुन सकेको छैन, कास्की प्रहरी प्रमुख,’ एसपी दानबहादुर कार्कीले भने, ‘घटनास्थल धेरै टाढा भएका कारण तत्काल कुनै सूचना प्राप्त भएको छैन । विभिन्न माध्यमबाट आएको सूचनामा ६ जना मिसिङ भएको सुनिएको छ ।’

घान्द्रुकबाट प्रहरीको टोली पनि घटनास्थलतर्फ हिडिसकेको उनले बताए । अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले नेपाली २ जना पहिरोमा परेको र कोरियनको बारेमा आधिकारिक सूचना नपाएको बताए । ‘तीन नेपालीमध्ये १ जना वारी कटेको र अरु २ जना हराएको खबर पाएका छौं । कोरियनको ग्रुप पनि ९ जनामध्ये ५ जना वारी कटिसकेको र बाँकी सम्पर्कमा नआएको भन्नेछ,’ उनले भने, ‘नेपाली चाहीँ पहिरोमै परेको बुझिएको छ । कोरियनहरु भने पारीपट्टी होटलमा बसेका हुन सक्छन् । होटलवालाको सम्पर्क हुन नसकेका कारण यसै भन्न सकिने अवस्था रहेन ।’ वारी कटेकाहरु हिमालयनमा बसेका छन् ।

वडा ११ का अध्यक्ष हिमबहादुर गुरुङले पनि २ जना नेपाली बेपत्ता भएको बताए । ‘विदेशीको बारेमा कुनै सूचना छैन । तर २ जना नेपाली चाहीँ अहिलेसम्म भेटिएको छैन,’ उनले भने, ‘एकजना भरिया र एकजना गाइडको अवस्था बेखबर छ ।’ ‘सुरक्षाकर्मी र रेस्क्यु टोलीसँग कुरा भैरहेको छ । माछापुच्छ«े बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्पमा पनि धेरै पर्यटकहरु छन्, गाउँपालिका अध्यक्ष कँुवरले भने, मौसम खुल्ने वित्तिकै उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ । हामी लागिरहेका छौं ।’

उद्धारका लागि ट्रेकिङ एजेन्स एशोसिएसन अफ नेपाल (टान) पोखराले ६ जनाको टोली घटनास्थलतर्फ पठाएको छ । ‘हेलिकोप्टर पठाउने तयारी थियो । तर मौसम खुलेन,’ टान पोखरा अध्यक्ष हरि भुजेलले भने, ‘साँझपख ६ जनाको टोली गाडी चढेर घटनास्थलतर्फ गएका छन् । शनिबार बिहान १० बजेसम्म पुग्छन् । त्यसपछि मात्रै आधिकारिक तथ्यांक आउँछ ।’

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width