२१ सेकेण्डमै लुकाकुको गोल

एजेन्सी
माघ ३, २०७६
Lukaku, Inter Milan

रोमेलु लुकाकुले खेल सुरुवात भएको २१ सेकेन्डमै गोल गरेका छन् ।

कोपा ईटालियाको खेलमा लुकाकु आबद्ध ईन्टर मिलानले काग्लीएरीमाथि ४–१ को जित निकालेको छ ।

कोपा इटालियाको अन्तिम १६ का लागि मंगलबार भएको खेलमा लुकाकुको दुई गोलको सहयोगमा ईन्टरले काग्लीएरीलाई फरक गोल अन्तरले हराएको हो । खेल सुरु भएको २१ औं सेकेन्डमा गोल गर्दै लुकाकुले ईन्टरलाई अघि बढाएका थिए । लुकाकुले ४९ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए ।

बोरजा वलेरोले २२ औ मिनेटमा ईन्टरका लागि गोल गरे । एन्ड्रिया रनोचियाले ८० औं मिनेटमा इन्टरका लागि चौथो गोल गरेका थिए । एन्ड्रिले हेड गोल गरेका हुन् । काग्लीएरीका लागि क्रिस्टियन ओलिभाले ७२ औ मिनेटमा एक गोल फर्काए ।

योसँगै लुकाकुले ईन्टर मिलानका लागि २५ खेलबाट १८ गोल गर्न सफल भएका छन् । बेल्जियमका अन्तराष्ट्रिय स्टार लुकाकु ७४ मिलियन पाउण्डमा यसै सिजन म्यान्चेष्टर युनाइटेडबाट ईन्टर भित्रिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width