फागुन २ देखि ‘लभ डायरिज’ को प्रदर्शन

आदर्श समाज सम्वाददाता
माघ ३, २०७६
Love Dairies

पोखरा । आगामी फागुनको २ गतेदेखि नेपाली चलचित्र ‘लभ डायरिज’ प्रदर्शनमा आउने भएको छ ।

प्रेम कथामा आधारित चलचित्रको टिजर सार्वजनिक भएसँगै प्रदर्शन मिति पनि तय भएको हो । टिजरमा फिल्मका मुख्य दुई पात्र सुशील श्रेष्ठ र रुबिना थापाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ ।

विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको समेत मुख्य भूमिका छ । मधु बास्तोलाले चलचित्रको कथा र पटकथा लेखेका हुन् ।

चलचित्रको निर्देशन सौरभ चौधरीले गरेका छन् । चलचित्रमा शाहिल खान सह–निर्देशक छन् । फिल्म संजय लामाले छायांकन गरेका हुन् । मिलन श्रेष्ठ र दीर्घ खड्काले चलचित्रको छायांकन गरेका हुन् । अर्जुन पोखरेलले चलचित्रमा संगीत भरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width

Recent Posts

भर्खरै