‘लप्पन छप्पन–२’ को टिजर सार्वजनिक

आदर्श समाज सम्वाददाता
माघ ३, २०७६
Lappan Chhappan 2 Teajer (1)

पोखरा । चलचित्र ‘लप्पन छप्पन–२’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ ।

चलचित्रको आगामी बैशखको १२ गतेदेखि रिलिज मिति तोकिएको छ । चलचित्रको टिजरमा फिल्मका केही मुख्य अंश समेटिएका छन् । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्राथमिकता पाएको छ । कलाकारहरुको एक्सन र पैसाको चलखेलको बिषयवस्तुमा चलचित्र निर्माण भएको टिजरमा देखाइएको छ ।

मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र बिष्टलगायतका कलाकारको अभिनय छ । यस चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रीजना सिना, रन्जीत ओन्ता लगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

खिलेन्द्रराज तिमल्सिनाले चलचित्र प्रस्तुत गरेका छन् । पुरुषोत्तम प्रधानले चलचित्रको छायांकन गरेका हुन् ।

चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआरआरजे), दीपक आरजे र बुलेट फ्लोले संगीत भरेका छन् ।

चलचित्रमा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी रहेको छ । हिमाल केसी र निर्देशक भट्टको चलचित्रमा एक्सन रहेको छ । मिलन श्रेष्ठले चलचित्रको सम्पादन गरेका हुन् । सुरज अधिकारी र प्रजापति सिवाकोटी चलचित्रको कार्यकारी निर्माता हुन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width