२ बच्चासहित दम्पत्तिले त्रिशुलीमा हामफाले

आदर्श समाज सम्वाददाता
माघ ३, २०७६
trisuli-river-rafting-kathmandu-to-pokhara-tour-2-330833_1517218084

पोखरा, ३ माघ । धादिङमा दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफालेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भइसकेको छ भने ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका घर भएका श्रीमान विनय लामिछानेको भने उद्दार भएको धादिङका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । विनय प्रहरी नियन्त्रणमा छन् । किन हामफाले भन्ने विषय खुलिसकेको छैन ।’विनय परिवारसहित गोरखास्थित ससुराली गएर फर्किँदै गर्दा घटना भएको हो । विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width