सभामूखको टुङ्गो आज लाग्न सक्ने सम्भावना

आदर्श समाज सम्वाददाता
माघ ३, २०७६
Prachanda-kp-Oli

;Qf?9 bnsf] ;+o’Qm a}7s Joj:yflksf–;+;b ejg gofF afg]Zj/df zlgaf/ cfof]lht ;Qf?9 bnsf] ;+o’Qm a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL, PsLs[t g]skf -dfcf]jfbL_sf cWoIf k’iksdn bfxfn s’/f ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

पोखरा, ३ माघ । लामो समयदेखि सभामुखको उम्मेदवार छान्न सत्तारुढ दल नेकपाले सकिरहेको छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल र वार्ता भएका छन् तर अझै पनि सभामुखको टुंगो लाग्न सकेको छैन, अर्कोतर्फ उपसभामुख शिवमाया तुम्बाहङफेले पनि सभामुखमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन् ।

बालुवाटारमा भएको वार्ता सकारात्मक भएको नेताहरुले बताएपनि कुनै सहमति भने जुटेको छैन ।प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओली र प्रचण्ड पटकपटक भेट भइरहेको छ । दुई नेताहरुबीच पार्टी एकताको मनोविज्ञानलाई पनि सम्बोधन गर्ने गरी निर्णयमा पुग्ने सहमति भएको प्रचण्ड निकट एक नेताले बताए । छलफल कुनै निष्कर्षमा पुगेको छैन, तर केही सहज वातावरण बनेको छ, ती नेताले भने ।

स्रोतका अनुसार दुई नेताबीच सभामुखबारे आज शुक्रबार निर्णायक वार्ता गर्ने तयारी छ, नेकपाका महासचिव विष्णु पौडेलले पनि छलफल समाधानउन्मुख भएको प्रतिक्रिया दिएका छन् । ‘६ माघ अगाडि नै सबै विषयमा समाधान दिने गरी छलफल अगाडि बढेको छ’ उनले भने, ‘६ माघमा सभामुख निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’६ माघमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठक बसेको अवस्थामा सभामुख निर्वाचनको कार्यतालिका आउनेछ । तर सत्तारुढ नेकपामा सभामुखबारे सहमति जुट्न नसक्दा संसद बैठक लगातार सूचना टाँसेर स्थगित हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width