मिस तामाङ पोखराको शनिबार ग्राण्ड फिनाले

आदर्श समाज सम्वाददाता
माघ २, २०७६
Miss Tamang PKR

पोखरा । पोखरामा पाँचौ संस्करणको मिस तामाङ हुने भएको छ ।

पोखरा सभागृहमा शनिवार दिउँसो हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले पोखरामा पत्रकार सम्मलेन गरी जानकारी दिएको हो ।

समाजका अध्यक्ष ज्याक तामाङले हरेक बर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ ४ गते पोखरा सभागृहमा हुने बताए ।

प्रतियोगितमा १७ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गर्दैछन् । सहभागीहरुमा अनिशा तामाङ, सरस्वती तामाङ, सृजना तामाङ, सुजाता तामाङ, कोमल तामाङ, आकृति भोलान, स्वस्तिका तामाङ, बिन्दु तामाङ, मनिषा गोम्जा तामाङ, छन् । यसैगरि, शशीकला तामाङ, प्रिति तामाङ, रेनु तामाङ, सृजना तामाङ, अनु बल, भुमिका तामाङ, सुमिक्षा तामाङ, सलिना तामाङ र किस्मत तामाङ छन् ।

प्रतियोगिताको विजेताले १ लाख सहित ताज, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु जित्नेछ । फस्ट रनर–अपले ५० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, सेकेण्ड रनर–अपले ३० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र पाउनेछ । भ्युअर्स च्वाइसमा एकजनाले २० हजार पुरस्कार जित्नेछ ।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करणमा दिप्ती गोम्जा, तेस्रो संस्करणमा कविता योञ्जन र चौथो संस्करणमा कुसुम स्याङ्वो तामाङले ताज पहिरिन सफल भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width