पोखरामा सुनिताले जन्माइन् चम्ल्याहा सन्तान

आदर्श समाज सम्वाददाता
माघ २, २०७६
sunita

पोखरा, २ माघ

स्याङ्जा पुतलीबजारकी एक युवतीले बिहीबार चम्ल्याहा शिशुको जन्म दिएकी छन् ।

स्याङ्जा पुतलीबजार नगरपालिका वडा १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा १ छोरासहित चार शिशुको जन्म दिएकी हुन् ।

अस्पतालमा कार्यरत डा. महेन्द्र पाण्डे सहित चार जनाको टोलीले सुत्केरीको शल्यक्रिया गरेका थिए ।

ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

पहिलो बच्चा (छोरी) १.६ किलोग्राम, दोस्रो (छोरा) १.३ किलोग्राम, तेस्रो (छोरी) १.३ र चौथो (छोरी) १.४ किलोग्रामका छन् । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलोग्राम हुनुपपर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width