पोखरा, २ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयभित्रबाटै शुद्धीकरणको अभियान चलाउनुपर्दछ भन्ने मान्यताका साथ आफू अघि बढेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले विहीवार आयोजना गरेको स्वागत कार्यक्रममा उनले शुरुआतमा मन्त्रालयको बेथितिलाई समाधान गरिने उल्लेख गरे ।
उनले भने “शुद्धीकरणका लागि प्रतिष्ठान तथा सङ्घका अस्पताल छन् तर मन्त्रालयको बेथितिलाई सबैभन्दा पहिला ठीक ठाउँमाल््याउनुपर्दछ, त्यसका लागि तल धमिलो पानीलाई सङ्लो बनाउने होइन मुहान सङ्लो बनाउँदा तल धमिलो हट्दै जान्छ भन्नेमा छु ।” आर्थिक अनियमितता र भ्रष्टाचारको बिरासतमा रमाउने प्रवृत्तिले गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताललगायत अस्पताल थला पर्दछन् की भन्ने चिन्तामा आफू रहेको मन्त्री ढकालको टिप्पणी थियो । वीर अस्पतालमा रु ४६ करोड लागतमा किनिएका दुई वटा मेसिन लामो समयदेखि जनताको सेवामा उपयोगमा आउन नसकेको र हाल बिग्रन्छ की भनेर सुरक्षाकमर्मीको सुरक्षामा राखिएको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसमा अनियमितता रहेको उल्लेख गरे ।
“मेसिन केका लागि किनेर जनताका लागि प्रयोग भएन भन्ने बारेमा जनताले बुझेका छन् त्यसको अनुसन्धानका लागि समिति बनाउनु आवश्यक छैन । जे प्रयोजनका लागि किनिएको हो त्यो किन्दा खेरी नै प्राप्त भइसकेपछि बाँकी काम मेसिनबाट हुने कूरा भएन मैले प्रतिबद्धता गरेको छु, मेरो कार्यकालमा त्यस्तो बेथिति र अनियमितताहरु हुँदैनन् ।” मन्त्री ढकालले भने । स्वास्थ्य क्षेत्र अन्यको तुलनामा ठूलो क्षेत्र भएकाले सुधारको अनुभूतिका लागि समय लागेपनि परिणाम आउने गरी सुधार गरेरै छाड्ने उनको प्रतिबद्धता थियो । मन्त्री ढकालले भने “स्वास्थ्य क्षेत्रका समस्या देख्दा कहाली लाग्दछ, तर त्यसलाई सफा गर्नुको मेरा लागि कुनै विकल्प छैन । मेरो नेतृत्वमा अनुभूत हुने गरी गर्नेछु ।”
मन्त्री ढकालले चिकित्सकले दुई वर्ष पहाडी तथा हिमाली जिल्लामा गएर सेवा गर्नुको विकल्प नभएको बताउँदै त्यसका कुनै सम्झौता नहुने स्पष्ट पारे । पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगातार तीन दिनभन्दा बढी बहिरङ्ग विभागको सेवा बन्द हुन नहुनेमा जोड दिए । स्वास्थ्य सचिव खगराज बरालले अस्पतालको अनुगमन गर्ने क्रममा आफूहरु पोखरामा रहेको बताउँदै सरकारले अराजकतालाई सहन नसक्ने भएकाले सङ्घमा समायोजन भएका चिकित्सकहरु अब पनि खटाएको ठाउँमा हाजिरी नभए मन्त्रालयमा फिर्ता पठाउन र आग्रह गर्दै उनीहरुमाथि मन्त्रालयले कारवाही गर्ने बताए ।
प्रतिष्ठानका सिनेटर सदस्य आनन्दराज मुल्मीले अन्य प्रदेशका जनतालाई सेवा दिने गरी अस्पतालको सेवालाई तुलनात्मक रुपमा उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए । प्रतिष्ठानका उपकुलपति डा वुद्धिबहादुर थापाले पोष्ट ग्राजुएट (पीजी) को १७ सिटका लागि प्रवेश परीक्षाको लागि आवेदन दर्ता शुरु भएको बताउँदै आगामी दिनमा नर्सिङ, विडिएसलगायत विषयको अध्यापन गराउने योजना रहेको जानकारी दिए । अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले दरबन्दीअुनसार विशेषज्ञ चिकित्सक अभाव, बिरामीको भीडभाड बढेकोलगायत अस्पतालका समस्याका बारेमा जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
सिनेमा संवाद @ घान्द्रुक
सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
hero news full width
मुख्य समाचार
नरोऊ मायालु…
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७