लाहाचोकमा प्रदेशस्तरीय फुटवल शुरु

आदर्श समाज सम्वाददाता
माघ १, २०७६
lahachock progrem photo

पोखरा । माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लव माछापुच्छे«–४, लाहाचोकको आयोजनामा बुधवारदेखि गण्डकी प्रदेश क्लवस्तरीय खुल्ला फुटवल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक समूहले बाग्लुङ जिल्ला फुटवल संघलाई टाइबे्रकरमा ४–३ गोलअन्तरले हरायो । निर्धारित समयमा १–१ गोलको वरावरी भएपछि खेल टाइबे्रकरमा घकेलीएको थियो । आयोजक समूहको तर्फबाट विवेक सन्तोषी ‘म्यान अफ दी म्याच’ बने । आयोजकका विवेक सन्तोषी र संघका तर्फबाट निशान थापाले निर्धारित १/१ गोल गरेका थिए ।

कार्यक्रमको अवसरमा लाहाचोकलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ स्थानीय अर्मला देउरालीबाट दुई प्याराग्लाइडिङ उडान भरी खेलमैदानमा अवतरण गराइएको थियो । जसको नेतृत्व प्याराग्लाइडिङ पाइलट राम गौतमले गरेको थिए । पाइलट विजय गौतम र अमन थापाले उडान भरेका थिए ।

पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको क्लवले जनाएको छ । कुल १२ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ७७ हजार ७ सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता र अनुशासित समूहले समेत आकर्षक पुरस्कार पाउनेछन् ।

बिहीवार पहिलो खेल विष्णुपादुका क्लव हेमजा र बौद्घ हिमालय क्लव गोरखाबीच विहान १० बजेदेखि हुने आयोजकले जनाएको छ ।

सबै स्थानीय तहमा खेलग्राम : मन्त्री विश्वकर्मा

संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालेप्रतियोगिताको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले मन्त्रालयले सबै स्थानीय तहमा खेलग्राम (मैदान) बनाउने तयारी गरेको स्पष्ट पारे । सोही अनुसार लाहाचोक खेलमैदानको स्तरउन्नती गरिने मन्त्री विश्वकर्माले बताए । उनले स्तरउन्नतीका लागि यही माघभित्रै ५० लाख विनियोजन गर्ने पतिबद्घता समेत जनाए ।

मन्त्री विश्वकर्माले आफूले चुनावमा गरेका प्रतिबद्घता पुरा गरेरै छाड्ने अठोट गरे । उनले जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको औँल्याए । साग सम्पन्न हुनु र त्यसमा अधिकतम पदक जित्नु नेपालकै प्रतिष्ठा भएको उनको भनाई थियो ।

मन्त्री विश्वकर्माले माछापुच्छे« गाउँपालिकालाई प्रचुर पर्यटकीय क्षेत्रको संज्ञा पनि दिए । उनले इतिहासमै पहिलोपटक कास्की क्षेत्र नं. ३ मा यसपटक घेरै योजना तथा बजेट परेको दावी पनि गरे । विभिन्न खेलमध्ये सम्भावना बोकेको खेल प्याराग्लाइडिङ पनि भएको उनको भनाई थियो ।

प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले नेपालमा खेल व्यवसायको रुपमा विकास हुँदै जानु पछिल्लो समयको सकारात्मक पक्ष भएको औँल्याइन् । खेल स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ भन्दै सांसद भण्डारीले प्रतियोगिताले खेल पर्यटनमा टेवा पु¥याएको भनाई राखिन् ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले खेललाई राष्ट्रिय स्तरमा मात्रै ध्यान नदिई स्थानीय स्तरमा पनि ध्यान दिनुपर्ने जनाए । उनले लाहाचोकमा प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको तर्क अगाडि सारे ।

प्रतियोगिताको मुख्य प्रायोजक भिजन लुम्बिनी प्रालिका अध्यक्ष जगतबहादुर पोखरेलले प्रालि युवालाई लगानीमा जोडी आर्थिक समृद्घिको बाटोमा लम्केको भनाई राखे । अखिल नेपाल फुटवल संघ(एन्फा)का केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले मैदानको स्तरउन्नतीमा जोड दिए । भिडावारीमा एन्फा एकेडेमीको चाँडै शिलान्यास हुने उनले विश्वास जनाए ।

वडाध्यक्ष पूर्णबहादुर शाहीले लाहाचोकलाई कुनै न कुनै रुपमा पर्यटनसँग जोड्नुपर्ने जनाए । उनले माछापुच्छे« हिमाल आरोहणलाई खुल्ला गरिदिन संघीय सरकारको ध्यानाकर्षण गराए । उनले चाँडै नै एक पालिका एक खेलमैदानको नीति अनुसार लाहाचोक मैदानको पनि स्तरउन्नती हुने विश्वास जनाए ।

क्लव अध्यक्ष निरज शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर शाहीले स्वागत साथै क्लव अनुशासन तथा व्यवस्थापन समितिका संयोजक पानबहादुर जिसीले संचालन गरेका थिए ।

तस्विरःश्रीभद्र पौडेल/आदर्श समाज 

Related News

सम्बन्धित समाचार

hero news full width