अमन गुरुङ स्मृति सेभेन ए साइडमा ४ खेल

आदर्श समाज सम्वाददाता
माघ १, २०७६
Aman Gurung 7 A Side Football

पोखरा । तेस्रो संस्करणको अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार ४ खेल सम्पन्न भएका छन् ।

भ्याली स्पोर्टस् क्लबले आयोजना गरेको जारी प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा बीटी एफसीले नयाँगाउँ एफसीलाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै जित हात पारेको छ ।

बीटीको जितमा ४ गोल गरेका सुदीप पाठक नायक बने । दोस्रो खेलमा गार्डेन एफसीले ओड्ब्लुसीलाई ४–० कै फराकिलो गोल अन्तरले पाखा लगाउँदै आफ्नो पहिलो जित दर्ता गराएको छ । गार्डेनको जितमा ध्रुव घिमिरेले ह्याट्रिक गर्दा मुकेश श्रेष्ठले १ गोल गरे ।

त्यस्तै, तेस्रो खेलमा एम–१२ का अभिनाष तामाङ चम्किदा दिव्यज्योति एफसीले लज्जास्पद हार व्यहोरेको छ । एम–१२ ले दिव्यज्योतिलाई ६–० को निकै फराकिलो गोल अन्तरले पाखा लगायो । अभिनाषले दोहोरो ह्याट्रिक गरे ।

बुधबारको अन्तिम खेलमा एलजी एशोसिएसनले रन्जन मेमोरियललाइ २–१ को गोल अन्तरले पाखा लगायो । अत्यन्तै प्रतिस्पर्धात्मक अन्तिम खेलमा एलजीको लागि अजित गुरुङले २ गोल गर्दै टिमलाई जित दिलाए । रन्जनको लागि अशोक थापाले १ गोल गरे ।

प्रतियोगितामा ईन्टेक ०६ विग्रेड अफ गोर्खाज यु.के, आयोजक र अन्य क्लब गरी १८ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक विश्व तण्डुकरले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width