ए डिभिजन लिगमा आर्मी र संकटाले अंक बाँड्यो

आदर्श समाज सम्वाददाता
माघ १, २०७६
Army vs Sankata, A Division League

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी र संकटा क्लबले अंक बाँडेका छन् ।

लिग अन्तर्गत मंगलबार भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै समान १/१ बाँडेका छन् ।

बराबरी गर्दै दुवै टिमले १/१ अंक लिएपछि त्रिभुवन आर्मीले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ ।

नतिजासँगै आर्मीले १३ अंकसहित शीर्ष स्थानको मछिन्द्रसँग अंक बराबरी गरेको छ । आर्मीसँग बराबरी खेलेको संकटाले ८ अंक बटुल्दै आठौँ स्थानमा छ ।

दशरथ रंगशालामा भएको पहिलो हाफमा आर्मीले नवयुग श्रेष्ठको गोलको मद्दतले अग्रता लिएको थियो । उनले २९ औंँ मिनेटमा फ्री–किक मार्फत आएको बललाई हेड गर्दै गोल गरेका थिए ।

दोस्रो हाफको शुरुमै आर्मीलाई धक्का लाग्यो । युद्ध शाही रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि आर्मीको १० खेलाडीले खेलेको थियो । पहिलो हाफको १० औंँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका युद्धले ५१ औंँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

त्यसपछि दबाबमा आएका आर्मीलाई संकटाले १ गोल फर्कायो । संकटाका अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आर्मीका सुमन अर्यालले फल गरेपछि संकटाले पाएको पेनाल्टीलाई अमितले गोलमा परिणत गरे । ८० औंँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका कप्तान भरत खवास १ मिनेटमै घाइते हुन पुगे ।

संकटाका लक्ष्मण रुचालले प्रहार गरेको फ्री–किक उनको टाउकोमा लागेपछि खवास लडेका थिए । असजिलो महसुस गरेपछि उनी हिँडेरै मैदान बाहिर निस्किएका थिए । त्यसपछि शुरु भएको खेलमा दुवै तर्फबाट कुनैपनि गोल नभएपछि संकटा र आर्मीले समान १/१ अंक बाँडे ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width