चिकित्सा शिक्षा अध्ययनरत् चार विद्यार्थी सम्मानित

रासस
माघ १, २०७६
annapurna-gaupalika

पोखरा, १ माघ । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा चार विद्यार्थी सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका स्थायी बसोबास गरि स्नातक तहमा चिकित्सा शिक्षा अध्ययनरत् आशिष अधिकारी, सुबोध अधिकारी, आशिष पौडेल र जेनिस रेग्मीलाई सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले जनही पचास हजार रूपैया सहित दोसल्ला ओढाएर ती उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेका हुन् । शैक्षिक सत्र २०७५/०७६ मा गाउँपालिका भित्रबाट चिकित्सा शास्त्रमा स्नातक तहको उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्दै सम्मान गरिएको गाँउपालिकाका शिक्षा विभाग प्रमुख बलराम भुगाईले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width