माघे संक्रान्तिलाई तरुल र सखरखण्डको जोहो

तरुल सुपाच्य मात्र नभइ जाडोमा शरीर न्यानो गर्छ

Suraj Hazare Dahal
पौष २९, २०७६
Tarul 1

पोखरा, पुष २९ : भोलि माघे संक्रान्तिको दिन खाइने मुख्य परिकार हो- उसिनेको तरुल र सखरखण्ड । यि दुई कन्दमुलको व्यापार अरु दिन भन्दा आज पोखरामा बढिरहेको थियो । माघ १ गते मात्र नभएर पुष र माघ महिना भरि नै खाइने तरुल र सखरखण्डका विभिन्न प्रजातीहरु प्रति केजी रु १०० देखि रु ४०० सम्ममा बिक्री भइरहेको छ । वन तरुल, घर तरुल, पन्जे तरुल, सिमले तरुल, लाहुरे तरुल तथा जाँते तरुल गरि आधा दर्जन प्रकारका तरुल बजारमा छ्याप्छ्याप्ती छन् ।


व्यापारी सीता कुँइकेलका अनुसार सबैभन्दा सस्तो घर तरुल प्रति केजी १०० रुपैयाँ र वन तरुल सबैभन्दा महंगो पर्छ । पाल्पामा पाइने वन तरुल प्रति केजी रु ३०० पचास तथा लम्जुङको लेकाली वनको तरुल रु ३५० देखि रु ४०० प्रति केजीसम्ममा बिक्री गरिरहेको उनी बताउछिन् । यस्तै सखरखण्ड भने रातो र सेतो गरि दुई प्रकारका उपलब्ध छन् जस मध्ये रातो भने बढी स्वादिलो र गुलियो हुने गर्छ ।

तरुललाई उसिनेर, फ्राइ गरेर, पिठो बनाएर तथा आलुसँग मिसाएर तरकारी बनाएर समेत खाने गरिन्छ । प्रशस्त फाइबर र पोटासियम पाइने तरुल सुपाच्य मात्र नभइ जाडोमा शरीर न्यानो राख्न समेत मद्दत गर्छ । सखरखण्डमा भने कार्बोहाइड्रेट र प्राकृतिक रुपमा चिनी पाइने हुँदा यसले शरीरमा ग्लुकोज र शक्तिको संचय गर्ने काम गर्छ । कास्कीका आसपासको गाउँ बाहेका लम्जुङको लेकबाट वन तरुल ल्याइन्छ भने घर तरुल धेरै मात्रमा तनहूँबाट आउने गर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width