एक सय टन बढी तरुल निर्यात

आदर्श समाज सम्वाददाता
पौष २९, २०७६
tarul

रामकुमार श्रेष्ठ- नवलपरासी, २९ पुस । माघे संक्रान्ति अर्थात मकर संक्रान्ति तरुल खाने संक्रान्तिको रुपमा लिने गरिन्छ । शरिरको चिसो फालेर शरिरमा उर्जा दिनका लागि तरुल खाइने गरिन्छ । यस वर्ष पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाबाट मात्रै एक सय टन भन्दा बढी तरुल निर्यात भएको छ ।

पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाबाट मात्रै यस बर्ष माघे संक्रान्तिका लागि काठमाडौं, पोखरा, नारायणगढ लगायतका क्षेत्रमा एक सय टनभन्दा बढी तरुल खपत भएको छ । नवलपुरका तरुल व्यापारी लालबहादुर सारुका अनुसार नवलपुरको अरुणखोला, झ्यालबास, जुकेपानी, कावासोती, दलदले लगायतका क्षेत्रका व्यापारीहरुले एक सय टन भन्दा वढी तरुण नवलपुरबाट बाहिर पठाएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष तरुणको मूल्य केही कम भए पनि बिक्रीमा भने खासै कमी नआएको उनले बताए । सारुले गत वर्ष भन्दा तरुलको मूल्य कम छ । अहिले नवलपुरमा स्थानीय बजारमा हात्तीपाइले तरुल ८० रुपैयाँ प्रति किलो, वन तरुल एक सय १ सय ४० रुपैयाँ प्रति किलो, चक्रे तरुल ८० रुपैयाँ प्रति किलो र ठूला तरुल अर्थात मुठे तरुल १ सय रुपैयाँ धार्नी बिक्री भएको छ ।पहिला पहिला नवलपुरमा उत्पादित तरुल काठमाडौं लगेर बिक्री गर्नु पर्ने अवस्था रहे पनि गत वर्ष भने व्यापारीहरु कावासोतीमै आएर खरिद गरेर लाने गरेका छन् ।

कृषि उप उनले भने गत वर्षसम्म काठमाडौं पोखरा लगेर छाड्नु पर्ने बाध्यता थियो भने अहिले काठमाडौं र पोखराका व्यापारीहरु तरुल खरिद गर्न कावासोती नै आएका थिए । उनले आफूले मात्रै १० टन भन्दा बढी तरुल बिक्री गरेको बताए । माघे संक्रान्तिमा खाइने विभिन्न परिकारहरु मध्ये तरुल मुख्य मानिन्छ ।

यस बर्ष नवलपुरबाट एक करोड २० लाख भन्दा बढीको तरुल काठमाडौं र पोखराका व्यापारीले खरिद गरेर लगेको रजालीले बताए ।काठमाडौं र पोखरामा नवलपुरबाट लैजाने पन्जे तरुल (हात्तीपाइले तरुल) सबैभन्दा बढी मूल्य पर्ने तरुल हो । यो काठमाडौं र पोखरामा सजिलै बजार पाउने गर्दछ । काठमाडौंमा बढी रुचाइने र काठमाडौंमा नवलपुरबाट आएको तरुल भने पछि सजिलै विक्ने गरेको रजालीले बताए ।
नवलपुरको देउराली, रुचाङ्ग, जौवारी, धौवादी, हुप्सेकोट, डेढडाउँ, बुलिंगटार लगायतका क्षेत्रमा सबैभन्दा बढी तरुल उत्पादन हुने क्षेत्र हो । यहाँ पन्जे (हात्तीपाइले) तरुलका अलवा वन तरुल, मोडे तरुल, खकरखण्ड लगायतका विभिन्न प्रकारका तरुलहरु उत्पादन हुने गर्दछ । ति मध्ये पन्जे तरुल काठमाडौं र पोखरामा निक्कै लोकप्रिय रहेको उनले बताए । पोखरामा पन्जे र काठमाडौंमा हात्तीपाइले नामले चिनिने यस तरुल अदुवा र पिडालुसँग लगाएर मात्र फल्ने भएको भएर स्थानीय क्षेत्रमा भने पिडालु तरुलको नामले पनि चिनिने गर्दछ ।

त्यसैगरी नवलपुरको स्थानीय बजार कावासोती, अरुणखोला, दुम्किबास, प्रगतिनगर, गैडाकोट, रजहर, चोरमारा, डण्डा लगायतका बजारहरुमा पनि ४० देखि ५० टनको हाराहारीमा तरुल खपत भएको रजालीले बताए । स्थानीय बजारमा पन्जे तरुल महंगो भएको कारण निक्कै काम विक्री हुने गरे पनि नवलपुर क्षेत्रमा भने मोडे तरुल, वन तरुल, सकरखण्ड जस्ता तरुल सबैभन्दा बढी बिक्री हुने गर्दछ ।

माघे संक्रान्तिको दिन खाइने विभिन्न परिकारहरु मध्ये तरुल एक मानिन्छ । यो दिन तरुल खाएपछि चिसो हटेर जाने कावासोतीका स्थानीय लोकनाथ पौडेलले बताए । काठमाडौं पोखरा लगायतका मुख्य बजारमा नवलपुरका यस आसपासका जिल्ला पाल्पा, तनहुँ लगायतका जिल्लाबाट पनि तरुल लैजाने गरिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width