हाईकर्स समूहलाई कालाबाङ घरेडी होमस्टेमा स्वागत

आदर्श समाज सम्वाददाता
पौष २९, २०७६
hiking news photo

पोखरा, २९ पुस । स्वास्थ्य र पर्यटन विकासको लागि हाईकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाईकर्स भाग १० मा सहभागीहरुलाई पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा स्वागत गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ को छोरेपाटनबाट सुरु गरिएको हाईकिङको पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले शुभकामना दिदैं हाइकिङ संगै नेपाली ग्रामिण परिवेश, साँस्कृतिक, भौगोलिक, जनजीवीकाको अध्ययन गर्न सुझाव दिएका थिए ।विहान ९ वजे छोरेपाटनबाट सुरु भएको हाईकिङ कोदीडाँडा, शान्ति स्तुपा, महादेव मूर्ति निर्माण स्थल पुम्दीकोट टावर हुँदैं कालाबाङ घरेडी होम स्टे पुगेको थियो ।

पोखरा वजारबाट वरपर रहेका सामुदायिक होमस्टेहरुलाई पदमार्गबाट पनि जोड्न सकिने सम्भाव्यता अध्ययन तथा पदयात्रा गर्न रुचाउनेहरुको लागि पदयात्रा गर्दै होमस्टेमा पुग्न पदमार्गको पहिचान हुने हाइकर्स क्लबका अध्यक्ष प्रवीण तुलाचनले वताए ।विगत चैत्र महिनादेखि सुरु भईरहेको हाईकिङको संयोजन पत्रकार कृष्ण रानाभाट र ट्रेकिङ गाईड सुन्दरमणि त्रिपाठीले गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width