मृगौला पीडित बिकलाई ह्वीलचेयर प्रदान

आदर्श समाज सम्वाददाता
पौष २९, २०७६
wheelchair

पुस २८ पोखरा । मृगौला पीडित सरोकार समाज कास्कीले पोखराका मृगौला पीडित बिरामीलाई ह्वील चेयर प्रदान गरेको छ ।

बिगत ४ वर्षदेखी मृगौलामा समस्या आई नियमित डाइलोशिस गर्दै आएका पोखरा–२६ कन्ननीडाँडा घर भएका दुतबहादुर बिकलाई हिडडुलमा सहजताका लागि ह्वीलचेयर प्रदान गरेको सरोकार समाजका कास्की अध्यक्ष सञ्जय कुमार रानाभाटले जानकारी दिए ।

पोखरा २४ का धर्मराज त्रिपाठीको विशेष सहयोगमा उनलाई ह्वीलचेयर प्रदान गरेको समाजले जनाएको छ । मृगौलासम्बन्धी समयस्याबाट पीडित बिकको आर्थिक अवस्था समेत कमजोर रहेको समाजका सचिव सुरेश शर्माले बताए । समाजले मृगौला रोग लाग्न नदिन समाजमा जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । यस अघि समाजले गत शनिबार पोखरामा सचेतना र्याली समेत निकालेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width