एन प्याव्सन कास्कीद्वारा धुर्मुस-सुन्तली फाउण्डेशनलाई सहयोग

आदर्श समाज सम्वाददाता
पौष २८, २०७६
n- pabsan

पोखरा, २८ पुस । नेशनल प्याव्सन कास्कीले २२ औ स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ ।

स्थापना दिवसकै दिन चितवनको रामपुर पुगी कास्की अध्यक्ष हेमन्त अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एन प्याव्सनका केन्द्रीय नेताहरु र एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका संस्थापकको उपस्थिति थियो ।

उक्त अवसरमा कास्की मोडनाइज्ड एकेडेमीका संस्थापक प्रिन्सिपल रामबहादुर मोचीले विद्यालयको तर्फबाट ५१ हजार १ सय ११ रुपैयाँको चेक फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरेका थिए । सहयोग रकम वुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जनस्तरबाटको सहयोगले नै रंगशाला निर्माण गर्न लागेको बताए ।

‘कास्कीबाट यहाँसम्म आएर तपाईहरुले गरेको सहयोगले हामीलाई उत्साह थपेको छ’ कट्टेलले भने,‘हामी यहाँ ७७ वटै जिल्लाको संस्कृति झल्कने गरेर ७७ वटै कोठा निर्माण गर्न लागेका छौ, कास्कीबाट आएको सहयोग कास्की कक्षमा नै देखिने छ त्यसैले कास्कीबाट अझै धेरै सहयोगको अपेक्षा गरेका छौं ।’खेलले सबैलाई जोड्ने भएकाले रंगशाला निर्माणमा सबैको सहयोगको अपेक्षा गरेको उनले सुनाए । ‘म एउटा कलाकारसँग अभियान्ता बनेर हिडेको छु’ उनले भने,‘ म यो देशको नागरिक भएकोले विकास निर्माणमा एउटा इट्टा थप्ने प्रयास मात्रै गरेको हुँ मलाई केहि स्वार्थ छैन नेपालका नागरिकको सहयोगबाट नै रंगशाला निर्माण हुने हो ।’

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनले गरेको महानकार्यबाट प्रभावित भएर एन प्याव्सन कास्कीले रंगशाला निर्माणमा सहयोग गरेको जानकारी दिए ।‘राज्यबाट हुनु पर्ने काम व्यक्तिको पहलमा हुदै छ, यो नै उहाँहरुको माहनता हो’ अध्यक्ष अधिकारीले भने,‘यो महान कार्यमा हाम्रो पनि सहभागिता जनाउँभनेर नै फिल्डमै आएर सहयोग हस्तान्तरण गरेका हौं ।’
यसैगरी स्थापना दिवसकै अवसरमा चितवनको सौराहमा विद्यालय व्यवस्थापन र नेतृत्व विकास सम्वन्धी प्रशिक्षण दिइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width