नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायीको साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष २८, २०७६
IMG_20200112_184947

पोखरा, २८ पुस । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।महासंघको दोस्रो वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको हो ।

साधारणसभाको गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले उदघाटन गरेकी थिइन् । मन्त्री पुनले व्यवसायीले आफ्ना हितका मात्रै कुरा नगरी सामजिक सेवाका क्षेत्रमा पनि अग्रसर हुनुपर्ने भन्दै व्यवसायीका सकरात्मक मागमा सरकारले सहयोग गर्ने बताइन् । पुस्तक पढ्ने संस्कार बिस्तारै हराउदै गएको भन्दै उनले पुस्तक पढ्ने बानीको बिकास गर्न महासंघले भूमिका खेल्न जरुरी रहेको बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मनहरी बस्यालले जनक शिक्षा सामाग्री केन्द्रले व्यवसायीलाई राम्रो ब्यवहार नगर्ने गरेको गुनासो गरे ।उनले अहिले स्कुलको कक्षा ८ सम्मका पुस्तकहरु रङ्गिन आईसकेकाले पुराना स्यामस्वयत पुस्तकलाई फिर्ता गराएर सोही बिलमा मिलान गराउन जनक शिक्षा सामाग्री केन्द्रले सहयोग गर्नुपर्ने दावी गरे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गा कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासंघका पुर्व केन्द्रीय अध्यक्ष धनराज आचार्य, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ऋषिराम भण्डारी, जनक शिक्षा सामाग्री केन्द्र गण्डकी प्रदेश प्रमुख जयराम अर्याल,प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष प्रा डा चन्द्रबहादुर थापा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ३ का अध्यक्ष किरण कुमार खनाल, लिलाराम गौतम, मोहनप्रसाद सापकोटा लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव धु्रवप्रसाद शर्माले गरेका थिए । साधारणसभाको अबसरमा उत्कृष्ट जिल्ला शाखाको रुपमा जिल्ला शाखा स्याङ्जालाई सम्मान गरिएको थियो भने उत्कृष्ट गण्डकी प्रदेश सदस्यका रुपमा सुरेन्द्र बास्तोला र कृष्ण प्रसाद पोखरेललाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width