दिलीप हत्या प्रकरणको निश्पक्ष छानबिन गर्न आयोगको माग

आदर्श समाज सम्वाददाता
पौष २८, २०७६
thumb

पोखरा, २८ पुस । राष्ट्रिय मानवअधिकार आयोगले दिलीप महतोको हत्यारालाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

आयोगले आइतबार विज्ञप्तिमार्फत यस्ता घट्ना दोहोरिन नदिन निश्पक्ष र प्रभावकारी अनुसन्धान गर्नसमेत माग गरेको हो । धनुषाको मिथिला नगरपालिका–५, श्रीनगरका २४ वर्षीय महतोको गत शुक्रबार हत्या भएको थियो ।

आयोगले हत्या प्रकरणमा अनुसन्धान समेत गर्ने भएको छ । नदीको अवैध उत्खनन् रोक्ने क्रममा हत्या गरिएका महतोको विषयमा अनुगमन तथा अनुसन्धान गर्ने टोली घट्नास्थलतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width