जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताको पत्रकार सदस्यता नवीकरण नहुने

रासस
पौष २८, २०७६
nepal-patrakar-mahasangh

बागलुङ, २८ पुस । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सदस्यता शुद्धीकरण अभियान शुरु गरेको छ । सदस्यता नवीकरणसम्बन्धी कार्यविधि–२०७६ अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ ।

शाखाको आइतबार बसेको बैठकले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण नगर्ने निर्णय गरेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए । “विदेशमा रहेका सदस्यको हकमा सम्बन्धित देशमै रहेका महासङ्घका शाखामा सदस्यता स्थानान्तरण गर्ने निर्णय भएको छ”, उनले भने । शाखामा आबद्ध २६ सदस्य हाल विदेशमा छन् । महासङ्घलाई श्रमजीवी पत्रकारको साझा, व्यावसायिक र मर्यादित संस्थाको रुपमा स्थापित गर्न सङ्गठन शुद्धीकरण अभियान शुरुआत गरिएको शाखाले जनाएको छ ।

महासङ्घले सदस्यता लिएर पनि पछिल्लो समय पत्रकारितामा निष्कृय रहेका सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आह्वान गरेको छ । आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासङ्घमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई महासङ्घले मानार्थ सदस्यता दिने व्यवस्था गरेको छ । निष्कृय सदस्यले स्वेच्छिक रुपमा सदस्यता त्यागेमा थप ५० जना जति सदस्य हट्ने सम्भावना रहेको शाखाले जनाएको छ । यसका लागि शाखाले सदस्यता नवीकरणमा समेत कडाइ गर्ने भएको छ । सदस्यता नवीकरणका लागि नियुक्तिपत्र, क्रियाशीलताको प्रमाणपत्रलगायतका कागजात अनिवार्य गरिएको छ । शाखामा हाल १८१ सदस्य आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width