लागुऔषध सेवनका कारण नवलपुरमा एक जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
पौष २७, २०७६
dath

नवलपरासी, २७ पुस । पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणतर्फ एक जना पुरुषको लागु औषध सेवनका कारण मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ३ निवासी २६ बर्षीय सुमन घर्तीको अत्यधिक लागु औषध सेवनका कारण मृत्यु भएको हो । यद्दपि उनको शव शल्यपरीक्षण पछि मात्र विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।

उनको शरिरमा लागुऔषध प्रयोगका लागि लगाइएको सुईका निसानहरु र उनको साथबाट केही मात्रामा लागुऔषध पनि बरामद भएको प्रहरीले जनाएको छ । लोकाहा पुलबाट केही पर दक्षिणतर्फ स्थानीयले एक जना पुरुष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शवको मुचुल्का उठाएर शवको शल्यपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइने अस्थाई प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।

-रामकुमार श्रेष्ठ

Related News

सम्बन्धित समाचार

hero news full width