रन शुजको शो रुम शुभारम्भ

आदर्श समाज सम्वाददाता
पौष २७, २०७६
run shoes pic

पोखरा, २७ पुस । नेपालमै उत्पादित रन शुजको नयाँ शो रुम पोखरामा संचालनमा ल्याइएको छ । गण्डकी र धौलागिरिको आधिकारिक विक्रेताको रुपमा देवगंगा शुज सेन्टर पोखराको सभागृहचोकमा शुरु भएको हो ।

उक्त रन शुजको शो रुम आइतबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे । शो रुमको उद्घाटन गर्दै मन्त्री लम्सालले नेपाली उत्पादनलाई बढावा दिने गण्डकी प्रदेश सरकारको नीति रहेको बताए । ‘नेपाली उत्पादनबाटै नेपाल आत्मनिर्भर हुनुपर्छ र रोजगारीको सृजना पनि गर्ने भएकोले हामी नीतिगत रुपमै यस्ता उत्पादनलाई प्रचार गर्न सहयोग गर्र्छाैँ ।’ लम्सालले भने–‘हरेक सर्वसाधारणले पनि नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्न आवश्यक छ ।’

मन्त्री लम्सालले हरेक क्षेत्रमा नेपाली सामानको उत्पादन गर्न सके नेपाल आत्मनिर्भर बन्नुका साथै यहाँको पैसा विदेश जान कम हुने बताए । यसो हुँदा देशमा उद्यमशिलता, व्यापार, रोजगारीमा सकारात्मक प्रभाव पर्ने र राज्यको आम्दानी पनि बढ्ने उनले विश्वास दिलाए । गण्डकी प्रदेश सरकारले नेपाली उद्योग र तिनीहरुले गर्ने उत्पादनलाई अझै बढाउन आवश्यक पुर्वाधार बनाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नेपाली उत्पादनलाई ग्राहकको विश्वास दिलाउनका लागि गुणस्तरमा ध्यान दिने आग्रह समेत गरे । हर्क लामिछाने र सुशीलकुमारी केसीको लगानीमा संचालनमा ल्याएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width