मृगौला बचाउन जनचेतना

आदर्श समाज सम्वाददाता
पौष २७, २०७६
kidney awareness program

पुस २७ पोखरा । मूगौला पीडित सरोकार समाज गण्डकी प्रदेशले आफू पनि बर्चौ र अरुलाई पनि बचाऔं भन्ने मूल नाराका साथ पोखरामा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान   पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट विभिन्न जनचेतना मुलक नारा अंकित प्ले कार्ड सहित सुरु भएको र्याली रानीपौवा , महेन्द्रपुल , चिप्लेढुंगा, न्यूरोडहूदै पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीले मोटोपन, मधुमेह, तथा उच्च रक्तचापलाई नियन्त्रण गरौं, अंग फेल हुनबाट बचौं, अंग प्रत्यारोपणमा लैंगिक भेदभावको अन्त्य गरौं, आफ्नो स्वास्थ्यबारे सचेत रहौं, उपचार भन्दा रोकथाम बेस लगायतका नारा अंकित प्ले कार्ड बोकेका थिए । कोण सभामा बोल्दै गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले मृगौला पीडितहरुकोे समस्याहरुको बारेमा संसदमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरिन ।

सो अवसरमा गुरुङले मृगौला सम्बन्धी समस्याबाट पीडित भएका बिरामीहरुका लागि सरकारले जीविकोपार्जनको लागि दिदै आएको रकम कटौति गरेको बारेमा पनि आवज उठाउने बताइन । सभामा बोल्ने बत्ताहरुले रोग लाग्न भन्दा रोग लाग्नै नदिनका लागि नियमित स्वास्थ्य परीक्षण गरीरहन सहभागीलाई सुझाव दिएका थिए । जिल्ला अध्यक्ष संजय कुमार राना भाटको अध्यक्ष्तामा भएको कार्यक्रमा सचिव सुरन र्शमाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width