घरवाससँगै पर्यटकीय गाउँ ताङतिङमा वनभोजस्थल

रासस
पौष २५, २०७६
HB-Pokhara-NaichuBanbhoga

पोखरा, २५ पुस । कास्कीको पर्यटकीय गाउँ ताङतिङवासी घरवासको सेवा–सुविधा मार्फत पर्यटकलाई आकर्षित गर्न खोज्दै छन् ।

गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको मादी गाउँपालिका वडा नं २ स्थित ताङतिङमा यहाँका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पु¥याउने लक्ष्यका साथ वनभोजस्थल निर्माण गरिएको छ । गुरुङ समुदायको ३ सय वर्षअघिको इतिहासको साक्षी बनेको गाउँको सिरानस्थित नौचुडाँडा र पुल्कोडाँडामा २३ लाख रुपैयाँको लागतमा दुई वनभोजस्थल निर्माण गरिएका ताङतिङ घरवास व्यवस्थापन समितिका अध्यक्ष पशमाया गुरुङले बताए ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको घरवास प्रवद्र्धन कार्यक्रमअन्तर्गत १० लाख र डिभिजन वन कार्यालयको पर्यापर्यटन प्रवद्र्धन कार्यक्रमको ५ लाख, गाउँपालिकाको २ लाख र बाँकी स्थानीयवासीको सहभागिता जुटाएर वनभोजस्थल निर्माण गरिएको हो । छिमेकी वडा पर्यटकीय गाउँ सिक्लेस, अन्नपूर्ण हिमशृङ्खलासहित प्रकृति र संस्कृतिलाई नियाल्दै पोखराको बजारको व्यस्तताबाट मुक्त भई वनभोजमा रमाउन चाहनेका लागि लक्षित गरी दुवै वनभोजस्थल एकैसाथ निर्माण गरिएको जानकारी उनले दिए ।

समुद्री सतहबाट लगभग दुई हजार ३०० मिटरको उचाइमा रहेको नैचुडाँडा र दुई हजारको उचाइमा रहेको पुल्कोडाँडामा वनभोजलाई लक्षित गरी ट्रष्ट भवन निर्माण गरिएको छ भने खानेपानीको व्यवस्थासहित दुई शौचालय निर्माण गरिएका नं २ का अध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिए ।

गाउँका १४ घरमा लगभग ८० जना पाहुनको क्षमता भएको सो घरवासमा एक वर्षको अवधिमा एक हजार ३०० पर्यटक पुगेका थिए । “नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रवेश शुल्क खारेजी गर्नुपर्ने माग गरे ।” समुद्री सतहबाट तीन हजार १०० मिटरको उचाइमा अवस्थित क्रर्पुडाँडामा आगामी वैशाख १ देखि १० गतेसम्म मादी क्रर्पु महोत्सवको आयोजनाको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।
– हरि बाँस्तोला

Related News

सम्बन्धित समाचार

hero news full width