कैलाश बैंकको २६औं वार्षिक साधारण सभा

आदर्श समाज सम्वाददाता
पौष २५, २०७६
kailash bank AGM news photo (2)

पोखरा, २५ पुस । कैलाश विकास बंैक लिमिटेडको २६औ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

बैकका अध्यक्ष नारायण पौडेलका अनुसार शेयर धनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारण सभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनश शेयर २.७७ प्रतिशत नगद लाभांश गरी जम्मा १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्राईम कर्मशीयल बैकसंग समाहित (एक्युजिसन) को चरणमा रहेको उक्त बैकले, समाहित (एक्युजिसन) हुने प्रस्तावका साथ साथै, कैलाश विकास बैंकको १०० कित्ता शेयर वापत प्राईम कर्मशीयल बैक लिमिटेडको ९४ कित्ता शेयर हुने गरि अर्थात १ः०.९४ को स्वप रेसियो पनि पारित गरेको बंैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

१०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरी वित्तीय सेवा विस्तार गरेको बैकको चुक्ता पुँजी झण्डै ३ अर्बको हाराहारीमा पुगेको छ । बैंकले हालसम्म ३४ अर्ब निक्षेप संकलन गरी  २९ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width