काठमाडौंको कमलाक्षीमा गण्डकी विकास बैंक

आदर्श समाज सम्वाददाता
पौष २५, २०७६
MNBBL_CSRPolice

पोखरा, २५ पुस । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको कमलाक्षीमा शाखा कार्यालय विस्तार गरेको छ ।

यो समेत बैंकको मुलुक भरी ९२ स्थानमा शाखा सञ्जाल विस्तार भएको बताइएको छ । त्यसैगरी जनकपुरको जनकपुरधाम, काठमाडौंको गल्कोपाखा, बर्दिया, बाँसगढीमा थप ३ वटा शाखा कार्यालयहरु शीघ्र सञ्चालनमा आउने तयारी भएको जानकारी दिइएको छ ।

यस विकास बैंकको कुल चुक्तापूँजी २ अर्ब ७५ करोड रहेको छ भने मंसिर मसान्त सम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड कर्जा प्रवाह गर्न सफल जानकारी बैंकका कार्यकारी अधिकृत रेशमबहादुर थापाले दिए ।

बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल, २७ वटा आफ्नै एटिएमवाट सेवा प्रदान गर्दै आएको छ । बैंकले गत आबको मुनाफाबाट १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृतिभई सकेको बताइएको छ ।

पूर्व ताप्लेजुङ्गको फुङ्ग्लिङ्ग देखि पश्चिमको महेन्द्रनगर, तराई एवं हिमालपारीका जिल्लाहरु मुस्ताङ्ग ,मनाङ्ग तथा जुम्लामा समेत बैंकका शाखा सञ्जाल फैलिएको बताइएको छ । बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दति खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न बर्गहरुलाई लक्षित गर्दै आवास कर्जा , अटो लोन, ओभरड्राफ्ट कर्जा , आवधिक कर्जा , विपन्न बर्ग कर्जा , सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width