मुटुरोगीलाई सहयोग

आदर्श समाज सम्वाददाता
पौष २५, २०७६
raj b k

हेमजा, २५ पुस ।मुटुरोगबाट ग्रसित धम्पुसका राज विकको उपचारमा हाल युके निवासी धम्पुसका घनश्याम भण्डारीले ३ लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरेका छन्।विकको मुटमा ट्युमर समस्या छ ।

आइतबार काठमाडौं दरबारमार्ग स्थित बिईग ह्युमन क्लोथिङ मार्फत उनले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै बिईगं ह्युमन क्लोथिङ नेपालको आधिकारिक बिक्रेता वस्त्र ईन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीपचन्द्र बख्रेलले सहयोगका लागि घनश्यामलाई धन्यवाद दिदै बिदेशमा बसेर पनि गाउँवासीलाई माया गरेकोमा आभार प्रकट गरे।

सञ्चालक राजु थापा क्षत्रीले भण्डारीको काम अनुकरणीय भएको बताए ।वडा कार्यालय धम्पुसको सिफारिस तथा स्थानीयको अनुरोध सामाजिक सञ्जालमा देखेपछि घनश्यामले उपचारको लागि सहयोग जुटाएको बुझिएको छ । डाक्टरका अनुसार विकको उपचारमा १० लाख खर्च लाग्ने अनुमान छ ।भण्डारीले चालेको प्रयासमा वडा कार्यालय धम्पुस स्थानीय प्रकास गुरुङ, अमृतकुमार भण्डारी, रवि विक लगायतले पनि सघाएका छन्

Related News

सम्बन्धित समाचार

hero news full width