फुटवलको जर्सी र पुरस्कार सार्वजनिक

आदर्श समाज सम्वाददाता
पौष २५, २०७६
machhapuchhare treshakti club progrem photo
  • माछापुच्छे् त्रिशक्ति युनाईटेड क्लबकाे माघ १–६ गतेसम्म ११ ए साइड फुटवल प्रतियोगिता  ।   
  • प्रतियोगिताको विजेताले .१ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

हेमजा, २५ पुस । पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने गरी कास्कीको माछापुच्छे् त्रिशक्ति युनाईटेड क्लब माछापुच्छे् गाउँपालिका–४, लाहाचोकले फुटवल प्रतियोगिता आयोजना गरेको छ ।

आगामी माघ १–६ गतेसम्म गर्न लागिएको ११ ए साइड फुटवल प्रतियोगिताको जर्सी तथा पुरस्कार सार्वजनिक गरिएको छ। आयोजक क्लबले बिहीवार एक कार्यक्रमकाबीच जर्सी, ट्रफी र मेडल सार्वजनिक गरेको हो ।कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथि वडाध्यक्ष पूर्णबहादुर शाहीले क्लबले स्थापना कालदेखि नै फुटवलमा चाँसो राख्दै आएको औँल्याउँदै वडाले पनि त्यसमा सहयोग गर्ने बताए ।

उनले क्लबलाई एन्फामा आवद्घ गराउन सुझाव दिर्दै त्यसले खेलकुदको क्षेत्रमा सहयोग पुग्ने विश्वास लिए ।प्रतियोगितामा प्रदेशका सबै जिल्ला समेट्न पहल गर्नुपर्ने तथा क्लबलाई कास्कीकै नमूना बनाउनुपर्ने जनाउँदै वडाध्यक्ष शाहीले चाँदनी क्लबको विकसित रुप हालको त्रिशक्ति युनाईटेड रहेको भनाई पनि राखे ।वडाले प्रतियोगिताका लागि १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्घता उनले जनाए।प्रतियोगिता संयोजक राजेन्द्र गौतमले खेलमा कुल १२ समूहलाई मात्र सहभागिता गराइने स्पष्ट पारे ।

क्लब अनुशासन समितिका संयोजक पानबहादुर जिसीले म्याग्दी, लमजुङ, स्याङजा, बाग्लुङ लगायतबाट प्रतियोगितामा सहभागिता हुने बताए । प्रतियोगितामा गण्डकी प्रदेशका क्लबले मात्रै भाग लिन पाउने क्लव अध्यक्ष निरज शाहीले बताएका छन् ।त्यस्तै क्लबका टिम क्याप्टेन सन्तोष गुरुङ(अनिक)ले यो वर्ष पनि प्रतियोगिताको विजेता बन्ने गरी खेलको तयारी गरेको जनाए।कार्यक्रमका बीच बिजेता पुरस्कार प्रायोजक स्मार्ट माछापुच्छे« सेवा समाजका संयोजक भगवान् शाहीले पुरस्कार वरावरको चेक हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको विजेताले .१ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।त्यस्तै उत्कृष्ठ गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता तथा अनुशासित समूहलाई पनि पुरस्कारको व्यवस्था गरिएको बताइन्छ । प्रतियोगिता संयोजक गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिवालय सदस्य सुशील श्रेष्ठले स्वागत तथा क्लवका कोषाध्यक्ष यशोदा ढकालले कार्यक्रम संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width