हेम्जाकोटमा ल्होसार मेला सुरु

होमस्टेलाई व्यवस्थित गरौंःसांसद बराल

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
dhetal progrem photo_Fotor

माछापुच्छ्रे–६, हेम्जाकोट स्थित जय बराह युवा क्लबको आयोजनामा मंगलवारदेखि पुसे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ। ‘गाउँको चिनारीका लागि हाम्रो सक्रियतॉ नाराका साथ मेला सुरु भएको हो।

मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजी बराल जीवनले होमस्टे व्यवस्थित गरी पर्यटन प्रवद्र्घन गर्नुपर्ने बताए। उनले धिताल कोइलीकोट, हेम्जाकोट जस्ता कोटैकोटको संगम स्थल भएकाले पर्यटकको आक्रर्षण केन्द्र बनाउन सकिने दावी पनि गरे।

सांसद बरालले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणालीमा वर्तमान राज्य व्यवस्था चलेको जनाउँदै जनताको अभिमतमा त्यसको अनुगाई नेकपाले गरेको भनाई राखे। हेम्जाकोटका होमस्टे व्यवस्थित गर्न प्रदेश तयार रहेको स्पष्ट पार्दै सांसद बरालले मेलवोट, धिताल हुँदै धम्पुससम्मको सडक स्तर उन्नतिका लागि हालै साढे ३ करोडको टेन्डर आवहान भएको पनि जानकारी दिए। गाउँठाउँमा हुने मेला महोत्सवले पर्यटन वर्षलाई सघाउने उनको विश्वास थियो।

धितालका वडाध्यक्ष हरिशचन्द्र ढुङगानाले आफ्नो जन्मभूमिप्रति सबैले माया गर्नुपर्ने बताए। आपसमा दोषारोपण गरेर विकास नहुने औँल्याउँदै वडाध्यक्ष ढुङगानाले सबैसँग सहकार्य गर्न आफू तयार रहेको स्पष्ट पारे।

माछापुच्छ्रे ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षत्रीले मेला महोत्सवले ठाउँको चिनारी बढाउने भनाई राखे। नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव राजाराम पौडेलले धितालवासी विकासका भोका रहेको औँल्याए।

उक्त कार्यक्रममा जयकोट मन्दिरका अध्यक्ष अमरबहादुर क्षत्री, नेकपामा वडा सचिव रुद्रबहादुर क्षत्री, काँग्रेसका छविरमण पौडेल, समाजसेवी खड्कबहादुर गुरुङ, भुमेश्वर विद्यालयका पुर्व प्रधानाध्यापक झलकराम पौडेल, गन्तब्य फाउन्डेशन कास्की अध्यक्ष लक्ष्मण तिमिल्सिना, क्राउड्स कास्की अध्यक्ष चिरञ्जीवी गौतम, खेल संयोजक सुन्दर गुरुङ लगायतले धारणा राखेका थिए।

उनीहरुले कोइलीकोटमा दरवार बनाउनुपर्ने, हेम्जाकोटमा व्यवस्थित भलिवल मैदान बनाउनुपर्ने, राजनैतिक रुपले विकास निर्माणलाई हेर्न नहुने, हेम्जाकोटको होमस्टे प्रवद्र्घन गर्नुपर्ने, विकासमा पादरदर्शिता हुनपर्ने लगायत सरोकारवाला सबै मिलि समृद्घ धिताल बनाउनुपर्ने बताएका थिए।

मेला अन्र्तगत मंगलवार सम्पन्न भलिवल तर्फको उद्घाटन खेलमा म्याग्दीचोक युवा क्लब हेमजालाई हराउँदै बौद्घ सिर्जनशील युवा क्लव घलेल बिजयी भएको छ। त्यस्तै कलाकारले समूहगत तथा एकल रुपमा विभिन्न प्रस्तति पनि राखेका थिए।

मेला अन्र्तगत भलिवलका अवला खुल्ला नृत्य, घैटो फुटाई(पुरुष) रसी तान्ने, मकै गन्ने, छेलो, मेच घुमाई लगायतका प्रतियोगिता हुने खेल संयोजक सुन्दर गुरुङले बताएका छन्। उक्त मेला चार दिनसम्म चल्नेछ। क्लबका अध्यक्ष रविन गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खेल संयोजक सुन्दर गुरुङले स्वागत तथा क्लबका सल्लाहकार सोमनाथ पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width