फिर्के पुल निर्माणमा ढिलाई

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
pul namuna_Fotor

सबैको चासो र नियमनको विषय अहिलेको विकास निर्माणको हो। गण्डकी प्रदेशका विभिन्न स्थानमा बन्दै गरेका विकास निर्माणमा सुस्तता आउदै गरेको प्रष्ट देखिन थालेको छ। जसको प्रत्यक्ष उदाहरण हो, पोखरा महानगरपालिका वडा नं. ४ स्थित फिकेर्खोलामा निर्माण हुन लागेको पुल निर्माणकै क्रममा रोकिनु।

२०७६ साल ५ महिना १ गते पोखरा महानगरपालिका र शान्ति आरोग्य जेभी सानेपा (निर्माण व्यावसायी) बीच २०७७ साल ०८ महिना ०५ गतेभित्र आर्क पुल निर्माण सम्पन्न गरिसक्ने गरी ४ करोड ५५ हजार ८ सय ३ रुपैया ७२ पैसामा सम्झौता भएकोमा उक्त पुलको डिजाइन नै वडापत्रमा सार्वजनिक गरिएको छैन।

२०७६ साल मंसिर महिनाको २१ गतेबाट सुरु गरिएको काम ३ दिनपछि नै बन्द गरिएको छ। आम नागरिकले प्रयोग गर्ने बाटोलाई अस्तव्यस्त बनाएर सर्वसाधारणको आवतजावतमा गम्भीर असर परेको देख्न सकिन्छ। वडा नं. ४ का जनप्रतिनिधि सहित अध्यक्ष शंकरप्रसाद बाँस्तोला र वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीको उपस्थितिमा निर्माण कम्पनीलाई पुल निर्माणको कार्य नियमित गराई तत्काल काम शुरुवात गर्ने सहमती पटकौँपटक भएतापनि कामले निरन्तरता नपाउँदा स्थानीय दिक्क भएका छन्। गत पुस १६ गते पुल निर्माण ठेकेदार कम्पनीका तर्फबाट इन्जिनियर राजनारायण यादव र महानगरपालिकाका इन्जिनियर विकास सुवेदीबीचको छलफलले पुल निर्माण गर्दा स्थानीय दीपक कुमार मुल्मी तथा प्रदीप मुल्मीका मापदण्डभित्र बनेका घरटहरा हटाउनुपर्ने राय दिएकोमा लालपुर्जाभित्र परेका संरचनाहरु भत्काउनका लागि महानगरले पनि सहमती लिनुपनेर्मा सो नहुँदा सर्वसाधारण आक्रोशित देखिन्छन्।

अति व्यस्त रहने उक्त सडकको वैकल्पिक मार्ग नखोजी आर्क पुल निर्माण गर्दा सो स्थानका व्यवसायीहरुमा पनि प्रत्यक्ष असर पुगेको छ। केही समय अझ यहि अवस्था रहे व्यवसायका निमित्त अन्यत्र जानुपर्ने व्यवसायीहरुको बुझाई छ। ठेकेदार कम्पनी र सम्बन्धित वडाप्रतिनिधिबिच आवश्यक तालमेल र सल्लाह नहुँदा अहिलेको परिस्थिति सृजना भइसकेको छ। तैपनि सार्वजनिक आवागमन भईरहने सडकमा पुल निर्माणको क्रम अझ लामो समयसम्म बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन्।

Related News

सम्बन्धित समाचार

hero news full width