घलेल गाउँमा खुल्यो नयाँ होटल

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
Ghalel news_Fotor

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित घलेल गाउँमा हालै संचालनमा आएको होटल घलेल। तस्वीर : आदर्श समाज

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित घलेल गाउँमा नयाँ होटल संचालनमा आएपछि देशविदेशका पाहुनाहरुलाई बास बस्न सहजता थपिएको छ। घलेल पुग्ने पर्यटकहरु खान, बस्न हालसम्म होमस्टेमा मात्र भर पर्दै आउनु परेकोमा अब भने होटलको छनौट समेत थपिन पुगेको हो।

घलेलका आईबहादुर गुरुङले होटल घलेल नाम दिएर नयाँ होटल संचालनमा ल्याएका हुन्। पर्यटकलाई आवासमा सहज होस् भनी आफूले ३० लाख खर्च गरेर गाउँमा होटल संचालनमा ल्याएको गुरुङले सुनाए। पोखरामा रेष्टुराँ व्यवसाय गर्दै आएका गुरुङ केही महिना अघि गाउँ फर्किएर आफ्नै १० आना जग्गामा होटल व्यवसाय संचालन गर्न थालेका हुन्।

गुरुङ समुदायको बाक्लो बसोबास भएको घलेल गाउँ पछिल्लोपटक रोजगारी, शिक्षा र सुविधाका लागि बसाई सर्ने क्रमले रित्तिंदै जान थालेको छ। तर आइबहादुरले भने पोखरा बजार छाडी गाउँ फर्कीएर होटल व्यवसायमा हात हालेका हुन्। आफ्नै जग्गा, आफ्नै घर र भाडा पनि तिर्नु नपर्ने सुविधाका विच गाउँमै केही गरौं भन्ने शोचले होटल संचालनमा ल्याएको गुरुङको भनाई छ। उनले हालै मात्र निर्माण सम्पन्न गरेको होटलमा पाँच वटा कोठाहरु रहेका छन्। यी मध्ये चार वटा सामान्य कोठा हुन् भने एउटामा अट्याच वाथरुम सहितको सुविधा रहेको छ। होटलमा तातोपानीको सुविधा समेत रहेको उनले बताए। गएको असार महिनामा निर्माण सुरु भएको होटल झण्डै सात महिना लगाएर निर्माण सम्पन्न गरिएको हो। होटलको आँगनमा उनले फलामे संरचनाको भ्यू टावर समेत बनाउने तयारी अगाडि बढाएका छन्। गाउँ र वरपरको दृष्य अवलोकन गर्न सजिलो होस् भनी भ्यू टावरको अवधारणा अगाडि सारेको उनले सुनाए।

गाउँमै फलेको अर्गानिक स्वाद पर्यटकलाई चखाउने शोच राखेका गुरुङले होटलमा सेवा दिएवापत आठ सय ७५ रुपैयाँदेखि एक हजार दुई सय रुपैयाँ मूल्य विचका प्याकेजहरु विकास गरेका छन्। सामान्य पाहुनालाई होमस्टे जत्तिकै सस्तो मूल्य ८७५ रुपैयाँमा खाने र बस्ने सुविधा उपलब्ध गराउने दाबी उनले गरे। अघिल्लो साँझ आएर भोलिपल्ट विहान पनि खाना खाने भए एक हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ। माशु सहितको खाना खाने भए यस्तो मूल्य एक हजार दुई सय रुपैयाँ निर्धारण गरिएको उनले बताए।

होटल संचालनमा आएसँगै आन्तरिक र बाह्य सबै खालका पर्यटक यहाँ बास बस्न आउन थालेपछि गुरुङ उत्साहित भएका छन्। गुरुङलाई उनकी श्रीमती कन्याकुमारी गुरुङले साथ दिएकी छन्। उनले पकाउने, अतिथि सत्कार र हाउस किपिङ सम्बन्धी तालिम लिएको सुनाइन्। श्रीमान्सँगै उनी पनि गाउँ फर्किएर पाहुना सत्कारमा खट्ने प्रण गरेकी हुन्। काम जान्दै गएपछि र अनुभव बढ्दै गएपछि धेरै पाहुना समेत एक्लै उम्काउने खुबी आफूसँग भएको उनले सुनाइन्। घलेल गाउँले खासमा होमस्टे पर्यटनको विकास गर्दै गइरहेको छ। यहाँका सात घरमा होमस्टे सुविधा छ। तर अव होटल समेत थपिएपछि गाउँको पर्यटन सेवामा विविधता थपिन पुगेको हो।

नयाँ होटलमा इन्टरनेट सुविधा समेत थप्ने शोच गुरुङले बनाएका छन्। नेपाल टेलिकम र एनसेलका सीम राखेर मोवाइल भने यहाँ चलाउन सकिन्छ। विद्युत सुविधा पहिला नै उपलब्ध छ। मर्दी हिमाल पदयात्रामा जाने आउने कतिपय पर्यटकहरु घलेल गाउँ हुँदै गुज्रने गर्छन्।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width