प्रमुख कर अधिकृतसंग अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
Chamber_Fotor

पोखरा चेम्बर अफ कमर्स कास्कीले आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलको सम्मानमा स्वागत कार्यक्रम गरेको छ।

कार्यक्रममा प्रमुख कर अधिकृत पोखरेल तथा उद्योगी र व्यवसायी बीच खुल्ला छलफल समेत भएको छ। प्रमुख कर अधिकृत पोखरेलले उद्योगी व्यवसायीहरुको निम्ति राजस्व तिर्ने कामलाई सहज बनाउने बताए। कर दाखिला गर्नको लागि सहज वातावरणको सिर्जना गर्ने जानकारी दिंदै उनले राजस्व तिर्नको लागि लाइन बस्न पर्ने बाध्यताको अन्त्य गर्ने धारणा राखे। आन्तरिक राजश्व कार्यालय करदातामैत्री बनाउने चर्चा गर्दै उनले टोकन सिस्टम सुरुवात गर्ने प्रयास गरेको जनाए।

कर शिक्षालाई प्रभावकारी बनाउन हरेक महिनाको १५ र ३० गते कार्यालयमा नयाँ करदातालाई सचेतना कार्यक्रम गरेको उल्लेख गर्दै उनले चेम्बर, बस्तुगत संघहरुसंग सामुहिक रुपमा बसेर कर प्रणालीमा देखिएको समस्यालाई हल गर्ने बताए। करको दर नभएर दायरा बढाउनु पर्ने उल्लेख गर्दै उनले राजस्व संकलन गर्ने सेवाका सम्भावना पोखराका प्रशस्त रहेको धारणा राखे।

सेवा क्षेत्रमा विलविजक दिने काममा सुधार नभएको दावी गर्दै उनले लाइसेन्स नलिएर मदिराको कारोवार गरेको पाइएको बताए। उनले अझै पनि लुज विल काट्ने प्रचलन भएको दावी गरे।

पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले चेम्बरले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य, यातायातको क्षेत्रमा काम गर्ने बताए। उद्योग र व्यवसायको प्रवद्र्धनको लागि तिनतहको सरकारसंग हातेमालो गरेर काम गर्ने जानकारी दिदै उनले आर्थिक क्षेत्रको विकासको लागि चेम्बरले सरकारलाई नीतिगत सुझाव दिने धारणा राखे।

निजी क्षेत्र तिन खम्बे अर्थतन्त्रको एक पिलर भएको चर्चा गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकारसंग सहकार्य गर्ने बताए। कार्यक्रममा कमर्शका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल र वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, महासचिव उमराज बास्तोला, पोखरा चेम्बर अफ कमर्स कास्कीका उत्तरी क्षेत्रका अध्यक्ष विष्णुप्रसाद बास्तोला, नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width