क्यानले बनायो ड्राफ्ट सहितको वार्षिक क्यालेन्डर

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
download_Fotor

नेपाल क्रिकेट संघ क्यानले यस वर्षभरि गरिने प्रतियोगिताको वार्षिक क्यालेन्डर तयार पारेको छ। क्यानको हालैमात्र बसेको बैठकमा समितिका पदाधिकारीहरुलाई प्रतियोगिता संचालन समितिका प्रमुख प्रशान्त मल्लले प्रतियोगिताको वार्षिक क्यालेन्डर तयार पारेर बुझाएका थिए।

क्यान आफैले जिल्ला, प्रदेश र केन्द्रीयस्तरमा नियमित प्रतियोगिता गर्नका लागि प्रस्तावित क्यालेन्डर बनाएको छ। जसमध्ये जिल्लास्तरमा यू–१६, यू–१९, स्कुलस्तरका क्रिकेट प्रतियोगिता गर्ने अवधारणा क्यानले बनाएको छ। उक्त प्रतियोगिताहरुबाट उत्कृष्ट हुने खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

प्रदेशस्तरिय क्रिकेट अन्तर्गत अन्तरप्रदेश स्तरमा यू–१६, यू–१९ पुरुष र महिला दुबै तर्फका प्रतियोगिता आयोजना गर्ने कार्यतालिकाको ड्राफ्ट बनाएको छ। यस स्तरबाट उनीहरुले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

क्यालेन्डरमा नेपालको टेष्ट मान्यतालाई मध्यनजर गरेर दुईदिने र तीनदिने प्रतियोगिताको अवधारणा बनाएको छ। जसका लागि यो बर्ष दुईदिने र तीनदिने प्रतियोगिता पुरुष खेलाडीका लागि र दुईदिने महिला खेलाडीका लागि परिचय गराउने योजना छ।

क्यालेन्डरको ड्राफ्टमा नेपाल प्रिमियर लिगलाई सुरुवात गराउने उल्लेख छ। कुनैपनि खेलाडीलाई अब सिनियर स्तरसम्म पुग्न, स्कुल, क्लव, जिल्ला, प्रदेश, राष्ट्रिय, नेपाल ‘ए’ हुँदै सिनियर, यस प्रक्रियाबाट अगाडी आउनुपनेर्छ।

क्यानको नयाँ क्यालेन्डरमा राखिएको घरेलु प्रतियोगिताको अवधारणामा दुईदिने क्रिकेट प्रतियोगिता ९० ओभर एक दिनमा पुरुष तर्फको हुनेछ। दुईदिने महिला खेलाडीका लागि हुने क्रिकेट प्रतियोगिता १२० ओभरमा, चार इनिङ, ३०/३० ओभरको हुनेछ।

एकदिवसीय प्रदेशस्तरिय क्रिकेट प्रतियोगिता र क्लव क्रिकेट च्याम्पियनसीप पुरुष खेलाडीका लागि जिल्ला स्तरको प्रतियोगिता हुनेछ। महिला खेलाडीका लागि प्रदेश र जिल्ला स्तरमा एकदिवसीय क्रिकेट प्रतियोगिता हुनेछ।

पुरुषतर्फ टी–२० राष्ट्रिय क्रिकेट र नेपाल प्रिमियर लिगको क्रिकेट प्रतियोगिता गर्ने ड्रफ्टमा उल्लेख छ। महिलाका लागि पनि टी–२० क्रिकेट प्रतियोगिता हुने उल्लेख छ।

यसका लागि क्यालेन्डरको प्रस्तावमा कुन प्रतियोगिता कहिले खेलाउने भने र पनि उल्लेख गरिएको छ। प्रस्तावित क्यालेन्डरमा जिल्लाको हकमा भदौ महिनामा जिल्ला स्कुल क्रिकेट लिग छात्रको, असोजमा सोही प्रतियोगिता छात्राका लागि, कार्तिकमा अन्तर जिल्ला कलेज क्रिकेट लिग छात्रको गरिने उल्लेख छ।

यस्तै, मंसिर पुषमा रेष्ट, माघमा जिल्ला क्लव च्याम्पियनसिप, फागुनमा फागुनमा जिल्ला स्तर क्रिकेट प्रतियोगिताको अवधारणा छ।

प्रदेश स्तरमा क्यानले बनाउन लागेको नयाँ क्यालेन्डरको ड्राफ्ट भदौमा यू–१६ प्रदेश स्तरीय पुरुष क्रिकेट, असोजमा यू–१६ प्रदेश स्तरीय महिला क्रिकेट, कार्तिकमा यू–१९ पुरुषको ५० ओभरको क्रिकेट प्रतियोगिता, मंसिरमा यू–१९ महिलाको ५० ओभरको क्रिकेट प्रतियोगिता संचालन गर्ने ड्राफ्टमा उल्लेख छ।

माघमा प्रदेश स्तरको पुरुष ५० ओभरको क्रिकेट प्रतियोगिता र फागुनमा प्रदेश स्तरकै महिलातर्फ ५० ओभरको क्रिकेट प्रतियोगिता ड्राफ्टमा उल्लेख छ। यसका साथै राष्ट्रिय स्तरका प्रतियोगिता प्रदेशका प्रतियोगिता सकिएपछि शुरु गराउने योजना छ।

क्यानको नयाँ क्यालेन्डरको ड्राफ्टमा उल्लेख गरिए अनुसार भदौमा छात्रतर्फको जिल्ला, स्कुल क्रिकेट लिग, छात्रतर्फकै प्रदेश यू–१६ प्रदेश स्तरीय क्रिकेट, छात्रतर्फको यू–१६ राष्ट्रिय क्रिकेट काठमाडौंमा संचालन हुनेछ।

असोजमा छात्रातर्फको जिल्ला स्कुल क्रिकेट लिग, छात्रातर्फकै प्रदेश यू–१६ प्रदेश स्तरीय क्रिकेट र छात्रतर्फकै राष्ट्रिय यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रदेश ५ मा आयोजना गर्ने उल्लेख छ।

कार्तिकमा छात्रतर्फको जिल्ला ५० ओभरको यू–१९ जिल्ला क्रिकेट प्रतियोगिता, छात्रतर्फकै प्रदेश ५० ओभरको यू–१९ क्रिकेट र केन्द्रीय नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता गर्ने ड्राफ्टमा उल्लेख छ।

मंसिर महिनामा जिल्लामा कुनै प्रतियोगिता छैन। मंसिरमा महिलातर्फ प्रदेश यू–१९ प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता र केन्द्रीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रदेश ७ मा गरिने ड्राफ्टमा उल्लेख छ।

यसका साथै क्यानको प्रतियोगिता समितिले यस बर्ष नेपालमा हुँदै आएका फ्रेन्चाइजी लिग र राष्ट्रिय खेलकुद परिषद्लाई समय र मिति दिनेछ। जसमा वुमन्स प्रिमियर लिग, पीपीएल, डीपीएल र इपीएल हुनेछन्।

यसका साथै जिल्ला र प्रदेशको हकमा कुनैपनि उमेर समुहको अन्तराष्ट्रिय प्रतियोगिता भएमा पनि घरेलु प्रतियोगिता जारी राख्नुपनेर्छ। यदि, त्यस्तै अवस्था आएमा कमिटीले क्यानसँगको छलफलपछि परिवर्तन गर्न सक्ने जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width