एमएमसी कप क्रिकेट : विभागीय आर्मी सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
Tribhuwan Army vs MMC, MMC Cricket Inaruwa_Fotor

विभागीय त्रिभुवन आर्मी क्लव इटहरीमा जारी मनमोहन स्मृति कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु टोली इनरुवालाई १० विकेटले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो। लगातार २ खेलमा जित निकाल्दै आर्मीले सेमिफाइनलमा प्रवेश गरेको हो।

इटहरीको इनरुवामा टस जितेर पहिले ब्याटिङ गरेको इनरुवा १९ ओभर ३ बलमा ५६ अलआउट बन्यो। इनरुवाका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके। इनरुवाका नौ खेलाडीले खाता खोल्नै सकेनन्। उसका लागि शुसान्त तिमिल्सिनाले सर्वाधिक १५ तथा सोनु मण्डलले १३ रनको योगदान दिए।

इनरुवाको पारीलाई ध्वस्त पार्न आर्मीका सुसनले ह्याट्रिक लिए। टिमको आठौं ओभरमा सुसनले घरेलु टिम इनरुवा विरुद्धको खेलमा ह्याट्रिक लिएका थिए। उनले ब्यक्तिगत तेस्रो तथा टिमको आठौं ओभरको पहिलो बल डट फालेका थिए। त्यसपछि उनले ३ बलमा ३ विकेट लिए।

जसमा सुसान्त तिमिल्सिनालाई १५ रनमा आउट गरे। त्यस्तै, अल्फाज मन्सुरीलाई शून्य रनमा आउट गरेका सुसनले सरोज बस्नतेलाई पनि खातै खोल्न दिएनन्। त्यसपछि, पाँचौ बल डट फालेका उनले छैंटौ बलमा फेरी विकेट लिए। जसमा उनले राकेश सोनीलाई शून्य रनमा नै आउट गरे।

एक ओभरमा मेडनसहित ४ विकेट लिएका सुसनले कूल ७ विकेट लिए। उनले ८ ओभर ३ बलमा ३ मेडेन सहित १६ रन दिएर ७ विकेट लिए। जवाफमा आर्मीले ५ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो। उसको जितमा कुशल मल्लले ३५ तथा हरीशंकर झाले २० रनको योगदान दिए।

Related News

सम्बन्धित समाचार

hero news full width