लमजुङको दूध चिज र पनिर बनेर आउँछ पोखरा

आदर्श समाज सम्वाददाता
पौष २३, २०७६
Cheej

लमजुङ, २३ पुस ।  लमजुङका व्यावसायिक किसानहरूले आफ्नो गाउँमा उत्पादन गरेको दूध चिज र पनिरमा परिणत भएर पोखरा आउने गरेको छ । पोखराको लेकसाइडमा सञ्चालित होम मेड डेरीले त्यस्तो कार्य गरेको हो ।

लमजुङको सुन्दरबजार नगरपालिका– ७ को पाउँदी बजारमा दूध संकलन केन्द्र तथा चिज र पनिर प्रशोधन(निर्माण) कक्ष खोलेर उक्त डेरीले त्यस्तो काम गरेको दुई वर्ष हुँदैछ । डेरीले त्यस कार्यका लागि आफ्ना दुई कर्मचारीको समेत लमजुङ पठाएको छ ।

एक सय लिटर दूधबाट १० केजी चिज तथा पनिर १२ केजी देखि १३ केजीसम्म उत्पादन हुने होम मेड डेरीका लमजुङका मैनेजर हरि बाँनियाले बताए । उनका अनुसार डेरीको आवश्यकता अनुसार पोखराबाट हुने अर्डर अनुसार हामीले यहाँ चिज वा पनिर उत्पादन गर्छौं र पोखरा पठाउँछौं । उनले भने, ‘दैनिक ६० केजीदेखि ८० केजीसम्म चिज उत्पादन गरेर पोखरा पठाउछौं ।’ एक दिनमा नै २० केजी उत्पादनको अन्तर किन नि ? भन्ने जिज्ञासामा उनले भने, ‘केही किसानले एक दिन विराएर दूध ल्याउने गर्छन् । त्यस्तो दूध दुई सय लिटर रहेको छ ।’

होम मेड डेरीका लागि लमजुङको सुन्दरबजार नगरपालिका– ७ को पाउँदी आसपासका व्यावसायिक किसानले दिनहुँ र राइनास नगरपालिका– ८ को माझीगाउँ, सोही नगरपपालिका– २ को बोराङ खोला र ६ को स्याउलीबजारबाट एक दिन बिराएर दुई सय लिटर दुध ल्याउने गरेका छन् बानियाले भने । लमजुङमा त्यस कार्यको संयोजन गर्नेमा सुन्दरबजार नगरपालिका– ७ को पाउँदी क्षेत्रको पोखरेल फाँटमा ‘जगतमाया गाई फारम’ सञ्चालन गरेका प्रोपाइटर धु्रव पोखरेलले गरेका हुन् ।

मात्र ४१ घर परिवारले व्यावसायिक गाई पालनको काम गरेको धु्रवले बताए । उनले भने, ‘एक घरबाट एक छाकमा कम्तिमा दुई लिटरदेखि ४० लिटरसम्म दूध ल्याउने परिवार रहेका छन् ।’ पोखरेलले हामीले पोखराको होम मेड डेरीलाई दूध नै बिक्री गर्ने गरेको बताए । उनका अनुसार यहाँ दूध बिक्री गर्ने दाजुभाइ बढे पछि जिल्लाका खुलेका डेरीहरूले समय पैसा नदिने कतिले त ३,४ वर्षसम्म झुलाउने गरेका पनि छन् । त्यसरी, दुःख गर्दै, अर्कालाई पोस्नु भन्दा विकल्प खोज्न उपयुक्त ठानेर बजार खोज्दै जादा होम मेड डेरी फेला परेको धु्रवले बताए ।

उनले भने, ‘म आफैले पोखरा गएर होम मेड डेरीसँग सम्झौता गरेर आएको हुँ । हामीले दैनिक ६ सयदेखि ७ सय लिटर दूध दिनु पर्ने सर्त छ ।’ प्रति लिटर ४.८ को प्रति लिटर ५७ रुपैया १३ पैसामा दूध दिने गरेका छौं । धु्रवले बताए । ४.८ को अर्थ फ्याट र ल्याक्टो अर्थात् दूधमा हुने चिल्लो पदार्थ र ढोस पदार्थको रेसियो हो उनले भने । ‘हामे मेड डेरीसँग २ वर्षका लागि सम्झौता गरिएको हो, अब म्याद सकिने बेला भएको छ ।’ धु्रवले बताए ।

उनका अनुसार दैनिक ६ सयदेखि ८ सय लिटर दूध डेरीलाई दिनु पर्ने सर्त छ । यतिबेला त जाडो मौसमले गर्दा मान्छेलेसमेत के खाने भन्ने बेला हुन थाल्यो । गाईलाई कसरी अघाउने ? पोखरेलले भने । उनका अनुसार अब फागुन लागेपछि गाई पनि ब्याउँछन् । गाईलाई पनि अलिक न्यानो हुन्छ,, घाँस दानाको सहजता हुन्छ र दूध बढ्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width