पोखरामा सञ्जीव र टीकाको युगल साँझ हुने

आदर्श समाज सम्वाददाता
पौष २२, २०७६
sanjib tika yugal sanjh (1)

पोखरा, २२ पुस । गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँको युगल साँझ हुने भएको छ । पोखरामा गर्न लागिएको उत्त साँझ बाबा एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा हुन लागेको हो ।

माघको पहिलो हप्तामा पोखरामा हुने कार्यक्रम अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीको संयुक्त आयोजनामा हुन लागेको हो । नाई मलाई थाहा छैन…, कर्के नजर…, माया लुकी लुकी… लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिएका सञ्जीव र टीका युवा पुस्ताका स्थापित कलाकार हुन् ।

उनीहरुको गायन जोडीलाई पोखरामा युगल रुपमा प्रस्तुत गर्नका लागि अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । कार्यक्रममा सञ्जीव र टीकाका आफ्ना तथा केही अग्रजका गरी करिब १ दर्जन साङ्गीतिक प्रस्तुतिसँगै नृत्यसमेत प्रस्तुत गरिने आयोजक संस्थाहरुले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width