आलु र गोलभेँडा डढुवाको सङक्रमणले किसान चिन्तित

रासस
पौष २२, २०७६
Screen-Shot-2019-05-15-at-11.32.07-AM

धनगढी, २२ पुस । वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभँेडा खेतीमा डढुवा रोगको सङ्क्रमण भई नष्ट हुन थालेको छ । बालीमा डढुवाको सङ्क्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् ।

कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेँडा बाली नोक्सान पु¥याएको गुनासो गरे । उनले भने “पाँच कठ्ठामा आलुखेती गरिएको थियो, अहिले चिसोका कारण रोग लागेर नोक्सान पु¥याएको छ ।” कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले थौरै जग्गामा खेती गर्ने किसानको आलु र गोलभेँडामा डढुवाको सङ्क्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताए ।

“ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको छ, विषादी नछर्किनेहरुको बालीमा डढुवाको सङ्क्रमण देखिँदा नोक्सान भएको छ”, भट्टले भने । रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुुप्त अवस्थामा रहेको ढुसी सक्रिय हुन गई डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । डढुवा रोगले गोलभेँडाको तुलनामा आलुबालीमा बढी नोक्सान पु¥याएको छ । डढुवा रोगका कारण यी दुवै जिल्लाको झण्डै १५ प्रतिशत आलु र गोलभेँडा बालीमा नोक्सान पु¥याएको बताइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा डढुवाको सङ्क्रमणबाट आलु र गोलभेँडा बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाव दिए । टिप्न तयार भइसकेको आलु र गोलभेँडा बालीको हकमा भने यो विषदी छर्किनु नपर्ने सल्लाह उनको छ । हिउँदे आलु कैलाली जिल्लामा पाँच हजार २३० हेक्टर र कञ्चनपुर जिल्लामा एक हजार ५०० हेक्टर जग्गामा खेती गर्ने गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width