नेपालीद्वारा अमेरिकामा रक्तदान

आदर्श समाज सम्वाददाता
पौष २२, २०७६
81434939_10216711415797529_8117391857618518016_n

न्यूयोर्क, (अमेरिका) २२ पुस । न्यूयोर्कमा मानवीय जीवन बच्चाउन हरेक दिन करीब २ हजार पोका रगत चाहिन्छ। यहाँ बसोबास गरी रहेका नेपालीहरुले उक्त जटिल अवस्थालाई सहज बनाउन आफ्नो ब्यस्त काम काजका बाबजुत पनि केही समय निकाली बिगत १० वर्षदेखी नियमित रुपमा रक्तदान गर्दै आएका छन ।

जनवरी ५, २०२० का दिन लङग आईल्याण्ड नेपाली समाज, न्यूयोर्कले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । नेपालीहरुले आयोजना गरेको कार्यक्रममा नै रक्तदान गर्न एक घण्टा टाढाको मोटर बाटोबाट आएर तुलसी आचार्यले रक्तदान गरिन् ।

रामकुमार ढकालले डबल रेडसेल डोनेसन गरे । उनले एक पटक दान गरेको रगतबाट नौ जनासम्मलाई बचाउन सहयोग हुनेछ । तेह्र महिनाकी सुत्केरी महिला बिमला डाँगी दुधे बालकलाई काखीमा च्याप्दै ‘म पनि रक्तदान गर्छुु भनेर नाम लेखाउन पुगेकी  थिइन अहिले बच्चा साह्रै सानो छ अर्को वर्ष रक्तदान गर्नु भन्दै स्वास्थ्य कर्मीले फिर्ता पठाइदिए ।

समाजकी अध्यक्ष कल्पना थापा रक्तदान गर्न आउनेहरुलाई ब्यबस्थित बनाउदै सबै प्रति कृतज्ञता व्यक्त गर्दै थिइन् । समाजका अग्रज ब्यक्तित्व विश्वराज बास्तोला, दिवाकर पाण्डे, टिका ढकाल, विश्व रक्तदाता अर्जुन मैनाली लगायत उपस्थित भएर हौशला प्रदान गरिरहेका थिए । न्यूयोर्कमा एक वर्ष यता करिब छ सय जनाले रक्तदान गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐन र यसका प्रावधानका बारेमा पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा काम…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • जिल्ला अस्पतालमा ओपिडी १२ घण्टा

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा बहिरंग सेवा (ओपिडी) १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि ओपिडी ८ घण्टा सञ्चालन…

hero news full width