सिटौला र कोईराला एकजुट हुन

आदर्श समाज सम्वाददाता
पौष २१, २०७६
nepali-congress-office

धनकुटा, २१ पुस । नेपाली काँग्रेसका दुई नेताले कांग्रेसलाई सशक्त बनाउने उद्घोष गरेका छन् । मुलुक दिन प्रतिदिन संकटमा पर्दै गएकाले अब मुलुकका लागि शान्ति नायक गरिजाप्रसाद कोईरलाले प्रतिपादन गरेको सहमती र सहकार्य एकताबाट मात्र अगाडि वढ्न सक्ने निश्कर्ष उनीहरुको छ ।

गरिजा प्रसाद कोईराला फाउण्डेशनद्वारा सोमवार आयोजित कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र अर्का नेता डा.शेखर कोईरालाले यस्तो उद्घोष गरेका हुन् । सो अवसरमा नेता सिटौलाले गिरिजा प्रसाद कोईरालाले शान्ति प्रक्रियाको जग राखेकै कारण मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको वताउदै कांग्रेस भित्र सहमती सहकार्य र एकताबाट मात्र अगाडि बढ्न सक्ने बताए । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गद ओली सरकार अधिनायकबाद तर्फ लागेकोले कांग्रेस अव नागरिक स्वतन्त्रको पक्षमा अग्रसर भएको बताए ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल,तेह्थुमका सभापति केदार ढुंगाना लगायतले बोलेका थिए । जिपी कोईराला फाउण्डेशन प्रदेश नम्वर १ का अध्यक्ष इन्दिरा थापाको अध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width