सरकार भ्रष्ट -केसी

आदर्श समाज सम्वाददाता
पौष २०, २०७६
kc (1)

पोखरा, २० पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार संविधानलाई रक्षाकवज बनाएर भ्रष्ट र अलोकतान्त्रिक क्रियाकलापमा लिप्त भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले भने– एनसेल काण्ड, वाइडवडी, नेपाल टेलिकम, गोकर्ण रिसोर्ट, बालुवाटार जग्गा प्रकरणमा सरकारले अर्कालाई दोष लगाएर आफू उम्किन खोजेको छ, सरकारको हिम्मत छ भने दोषीलाई कारबाही गरेर देखाओस् ।

मुलुकमा पछिल्लो समय देखिएका आर्थिक भ्रष्टाचारका मुद्दामा दोषीलाई कारबाहीका लागि उच्चस्तरीय समिति गठनको आवश्यकता रहेको उनले बताए । समेत औल्याए । उनले भने, ‘निष्पक्ष, पारदर्शी र विधिसम्मत् ढंगबाट छानबिनका गर्न प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिनुपर्छ । दोषी जो पनि हुन सक्छ, कारबाहीको लागि भागीदार हुनैपर्छ ।’

सरकार एकदलीय कम्युनिष्ट शासनतर्फ उन्मुख हुँदा मानव अधिकार नागरिकको लोकतान्त्रिक अधिकार हनन भएको उनले बताए । उनले भने, दुइतिहाई सरकारले संविधानलाई रक्षाकवच बनाएर भ्रष्ट र अलोकतान्त्रिक क्रियाकलाप उन्मुख छ । सरकारबाट लोकतन्त्रको विधि र मर्ममाथि प्रहार भएको छ ।’ उनले मिडिया काउन्सिल विधेयकका कारण पत्रकारको कलम रोकिन नहुने र राजनीतिज्ञको भाषण रोकिन नहुने बताए ।

पत्रकारको प्रश्नमा नेता केसीले काँग्रेसभित्र बहुमत आधारमा गरिने निर्णय आफूहरुलाई सह्य नहुने पनि बताए । पार्टीभित्र बहुमतको दम्भ देखाएर सभापति देउवाले निर्णय गर्ने हो भने ओली सरकारले गरेका गतिविधिविरुद्ध कसरी लाग्न सकिन्छ भनी प्रतिप्रश्न गरे । उनले आफूहरु भने विधिविहीन र प्रक्रियाविहीन गर्न खोज्नेलाई नियन्त्रण गर्ने पक्षमा रहेको जानकारी दिए ।नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रविना आलेले स्वागत र सचिव प्रदीप पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width