जनतालाई अनुभूति हुनेगरी आर्थिक समृद्धि दिन्छौ- पार्टी प्रवक्ता श्रेष्ठ

आदर्श समाज सम्वाददाता
पौष २०, २०७६
p 201

पोखरा, २० पुस । नेकपाका सचिवालय सदस्य एवं नेपाल पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संसदमा रहेर भूमिका खेल्न दुई अध्यक्षले आग्रह गरेपछि आफूले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवारी दिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)द्वारा राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बनेका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ र पार्टीका नेतृ भगवती न्यौपानेले पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ता पछि प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नारायणकाजी श्रेष्ठले भने -पार्टीका दुई अध्यक्षले उम्मेदवारी दर्ता समयको एक/दुई दिन अघि मात्र उम्मेदवारी दर्ता गर्न आग्रह गरेपछि उम्मेदवार बनेको हुँ, निर्वाचन जितेपछि पार्टीले जुन ठाँउमा वसेर काम गर्न निर्देशन दिन्छ त्यही स्थानमा बसेर काम गर्न तयार छु ।

सरकारले आर्थिक क्रान्तिलाई तीव्रताका साथ अगाडि बढाइरहेको अवस्थामा सरकारको लक्ष्य आर्थिक सम्मृद्धि भएकाले त्यसतर्फ तीनै तहको सरकार सक्रिय भएर लाग्नु पर्छ, निरङ्कुश जहानीया शासन र राजतन्त्र फालेर गणतन्त्र ल्यायौ अब सरकार समाजवादतर्फ अगाडि वढ्दै जनताका चाहना पुरा गर्छ, नेता श्रेष्ठले भने– जनताको सेवा गर्न राजनीतिमा आएका हौ, जनताको सेवा गर्न पदमा बस्नु पर्छ भन्ने छैन, वाहिर बसेर पनि गर्न सकिन्छ ।

पूर्व नेकपा र माओवादी एकीकरण भएको छ, अव पार्टी एक ढिक्का भएर अगाडि वढ्छ, सांगठनिक एकीकरणका केही काम पुरा गर्दै छौ, तीनै तहको सरकारलाई पूर्ण रुपमा सफल पार्न पार्टीका हरेक निकाय लाग्ने छन्, नेता श्रेष्ठले भने- आम जनतालाई व्यवहारमा नै अनुभूति हुनेगरी समृद्धि दिने तर्फ सरकार अगाडि वढ्ने छ ।

गुटगत राजनीति जुनसुकै पार्टीका लागि बिष मानिन्छ, पार्टीगत गुटले पार्टीलाई बलियो, एकताबद्ध र शक्तिशाली बनाउदैन, पार्टी एकीकरण भइसकेको छ पूर्व माओवादी केन्द्र र पूर्व एमाले भनेर पूर्वाग्रह हुदैन, उनले भने सभामुख छान्ने प्रक्रियामा पनि पूर्व एमाले र पूर्व महावादी हुदैन, पार्टीले सभामूख छिट्टै चयन गर्ने छ, उनले भने । नेकपाको एकता महाधिवेशन वि.स.२०७७ साल भित्र नै हुने जानकरी दिर्दै नेता श्रेष्ठले भने- शान्ति प्रक्रियालाई पनि अन्तिम टुङ्गोमा पुर्याउछौ ।

पार्टीका नेता, प्रदेश सरकारका मन्त्री तथा कार्यकर्ता सहित निर्वाचन कार्यालयमा पुग्नुभएका श्रेष्ठ र न्यौपानेले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेवारी अन्तर्गत श्रेष्ठको प्रस्तावकमा रामशरण बस्नेत छन् भने समर्थकमा डिलमाया रोक्का छन् त्यस्तै न्यौपानेको प्रस्तावकमा किरण गुरुङ र समर्थकमा मञ्जु गुरुङ छन् । त्यसैगरी नेपाली काँग्रेसबाट सूर्यराज रेग्मी र विमला गौचनले राष्ट्रिय सभा सदस्य पदको लागि निर्वाचन अधिकृतको कार्यालय पोखरामा उम्मेदवार दिएका छन् । त्यसैगरी अन्यपार्टीका तर्फबाट पनि उम्मेदवारी दिने काम भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width