उपसभामुखद्वारा पराजुली परिवारसँग भेट

आदर्श समाज सम्वाददाता
पौष १९, २०७६
basanta kesahav_Fotor

गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले पोखरा वृद्धाश्रमका संस्थापक एवम् अध्यक्ष स्व. वसन्तकेशव पराजुलीको परिवारलाई भेटी समवेदना व्यक्त गरेकी छन्।

उपसभामुख शर्माले बिहीबार परिवारजनलाई भेटी समवेदना व्यक्त गर्दै पोखरा वृद्धाश्रमलाई तीनै तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन्। उनले पराजुलीले वृद्धाश्रम सञ्चालनमा खेलेको भूमिका अतुलनीय रहेको स्मरण गरिन्।

आगामी दिनमा पनि वृद्धाश्रम प्रभावकारी रुपमा संचालन गर्न प्रदेश एवम् स्थानीय सरकारको बढी ध्यान जानुपर्ने उनको जोड थियो। स्व. पराजुलीको आइतबार निधन भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width