एशियन प्याराग्लाइडिङ वल्र्ड टूर पोखरामा

केशव पाठक
पौष १९, २०७६
paragliding-in-pokhara-cost-900×433

एशियन प्याराग्लाइडिङ वल्र्ड टूर पोखरामा हुने भएको छ। प्याराग्लाइडिङको अन्तराष्ट्रिय छाता संस्था फेडेरेसन एरोनेटिक इन्टरनेशनल (एफएआई)ले फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वल्र्डकप एशियन टूर तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ पोखरामा आयोजना गर्न मान्यता दिएको हो।

एशियन प्याराग्लाइडिङ वल्र्ड कप एशोसिएसन मातहतमा रही सन् २०२० का लागि नेपाल, चीन र इण्डोनेशियामा गरी ३ वटा टूरहरु आयोजना हुनेछन्। यो प्रतियोगिताको मुख्य उद्देश्य एशियाका खेलाडीलाई विश्वकपको सूपरफाइनलमा सोझै प्रवेश दिनका लागि गरिएको एफएआईका लागि नेपालका प्रतिनिधि विमल अधिकारीले बताए।

प्याराग्लाइडिङको सूपरफाइनलमा एशियाबाट कम सहभागिता रहेकोले एशियन खेलाडीको क्षमता बढाउँदै विश्वकपको सूपरफाइनल यात्रा तय गराउन एफएआइले यस्तो कार्यक्रम ल्याएको अधिकारीले बताए। विजेताले विश्वकपको सूपरफाइनलमा सोझै प्रवेश पाउनेछन्। प्रतियोगितामा यूरोपियन खेलाडीसमेतको सहभागिता हुनेछ।

एशियन टूरअन्तर्गत पहिलो प्रतिष्पर्धा रहेकोले पनि ३० भन्दा बढी देशका १२५ जना खेलाडी पोखरा आउनेछन्। हालसम्म १५ देशका ७० जना खेलाडीले आफ्नो नाम दर्ता गरिसकेको अधिकारीले जानकारी दिए। नेपाल हवाई खेलकुद संस्था (ना), नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) र पाइलट क्लबलाई नेपालका लागि आयोजक तोकिएको छ। नाले यसैसँग जोडेर ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ समेत आयोजना गर्नेछ। नेपाल एक्रोटिमले स्वयंसेवीको भूमिका खेल्नेछ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत जोडेर आयोजना हुने यस कार्यक्रमले नेपालको साहसिक खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँछन्–नेफा महासचिव शैलेन्द्र राउत। करिब ८० लाख खर्च लाग्ने यो कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डले १५ लाख सहयोग गर्ने भएको छ। ‘यो प्रतियोगिता पर्यटनसँगै खेलाडीको समेत प्रवद्र्धनमा सहयोग पुग्छ’ भन्छन् ना अध्यक्ष कृष्ण भण्डारी। उनका अनुसार यो प्रतियोगिताको विशेषता नै फरक भएकोले नेपाली खेलाडीले समेत सूपरफाइनलको यात्रा तय गर्ने बाटो खुलेको छ।

वल्र्डकप क्याटोगरीको टूर हो : योगेश

एशियन टूर पोखराका संयोजक एव नाका निवर्तमान अध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखरामा आयोजना हुने एशियन टूर वल्र्डकप क्याटोगरी २ अन्तर्गतको रहेको बताए। सूपरफाइनलमा पुग्न विश्वमा ५ वटा टूर हुने गरेको बताउँदै उनले भने, ‘हामीले यसैलाई मध्यनजर गर्दै गत वर्ष एशियाली मुलुकका खेलाडीलाई सूपरफाइनल पुर्याउन यो सल्लाह गरेका थियौं। जुन पूरा हुँदैछ। ’ अब एशियामा हुने ३ टूरबाट ‘वेष्ट फाइभ’ खेलाडीले सोझै सूपर फाइनलको यात्रा तय गर्नेछन्।

एशियन टूर आयोजना गर्न एफएआईका उच्चस्तरीय प्रतिनिधि र सम्पूर्ण निर्णायक समेत उतैबाट आउने भएपछि यसले नयाँरुप पाउने पक्का भएको भट्टराईले बताए। ‘पोखराका लागि नयाँमार्ग प्रशस्त भएको छ। यदि हामीले यो प्रतियोगिता भव्य बनाउन सक्यौं भने आगामी वल्र्डकप पोखरामा नहोला भन्न सकिन्न’ उनले भने, ‘कुनै समय वल्र्डकप सूपरफाइनल पोखरामा भयो भने त्यसको प्रभाव महत्वपूर्ण हुनेछ। ’

एशियन टूर वल्र्ड कपका लागि पोखरामा धेरै सावधानी कुरा अपनाउनुपर्ने भएको निवर्तमान अध्यक्ष भट्टराईले बताए। क्याटोगरि लेभल–२ अन्तर्गत हुने प्रतियोगितालाई सुरक्षा लगायत अन्य दृष्टिकोणले समेत उत्तिकै महत्वपूर्ण रहने भएकोले नेपाली सेनाले उद्धार र खोजीको जिम्मा लिएको छ। त्यसैगरी प्रतियोगिता अवधिभर उडान क्षेत्रमा कुनै जहाज वा हेलिकोप्टर नउडोस् भन्न ‘नोटाम’ समेत जारी गर्न सम्बन्धित निकायमा पत्राचार समेत भइसकेको उनले बताए।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width