पोखरा, १९ पुस । शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पोखरामा आयोजित एक कार्यक्रममा शिक्षामा पहुँच र गुणस्तर वृद्धि गर्न सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ आवश्यक हुनेमा जोड दिइएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ कास्कीको संयोजनमा आयोजित ‘भर्चुअल’ कक्षा शिक्षण अभिमुखीकरण एवं पृष्ठपोषण सङ्कलन गोष्ठीका वक्ताले नवीनतम प्रविधिको उपयोगका माध्यमबाट समयसापेक्ष प्रतिस्पर्धा गर्न सक्ने किसिमको शिक्षा प्रदान गर्नुपर्ने बताए ।
प्रदेश शिक्षा निर्देशनालय पोखराका निर्देशक तिलकप्रसाद सिलवालले अबको लक्ष्य गुणस्तरीय शिक्षा नै भएको उल्लेख गर्दै सूचना प्रविधिमा आधारित सिकाइको अधिकतम उपयोग गर्ने गरी लाग्नुपर्ने बताए । शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले केही शैक्षिक संस्थामा सूचना प्रविधिमा आधारित सिकाइ शुरु भइसकेको बताउँदै यसको पहुँच बढाउने गरी लाग्नुपर्ने बताए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधवप्रसाद दहालले परम्परागत शिक्षा पद्धतिका विकल्पका रुपमा भर्चुअल कक्षाको अवधारणा अघि आएको बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सूचना प्रविधि स्टुडियो स्थापना गरिएको बताउँदै उनले सूचना प्रविधिमा आधारित सिकाइ विद्यार्थीलाई वैकल्पिक तरिकाबाट सिक्न सक्ने पूरक सामाग्री समावेश गरिएको कार्यक्रम भएको उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१