वर्षाको कारण बागलुङ महोत्सव प्रभावित

आदर्श समाज सम्वाददाता
पौष १८, २०७६
Bcci baglung

बागलुङ, १८ पुस । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आयोजित गण्डकी प्रदेशस्तरीय कृषि पर्यटन तथा ब्यापार मेला बागलुङ महोत्सव पानी परेपछि प्रभावित बनेको छ ।

शुक्रबार बिहानदेखि निरन्तर परिरहेको वर्षाको कारण बागलुङमा जारी महोत्वस प्रभावित बनेको हो । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको छैठौं बागलुङ महोत्सवको छैठौ दिन बिहानै देखि लगातार पानी परेको कारण महोत्सव प्रभावित बन्न पुगेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

पुस ११ गतेदेखि २० गतेसम्म संचालन भईरहेको महोत्सवस्थल धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा पानी परेको कारणले रमाइलो मेला ,भलिबल खेल,लोकदोहीरी गीत लगायत सांगीतिक कार्यक्रमहरू प्रभावित बनेको प्रेस सल्लाहकार राजभण्डारीले बताए । पानी परेपछि टिकट काटेर महोत्सवको अबलोकन गर्ने दर्शकको पनि ह्वात्तै घट्नुका साथै भित्र रहेका होटल तथा रेष्टुरेन्ट र स्टलहरूमा व्यापार समेत घट्न पुगेको छ ।
बागलुङ उद्योग वाणिज्य संघले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्यले आयोजना गरेको महोत्सवमा ५ लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्वसमा १५ करोड बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य समेत राखिएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । मौसममा आएको परिवर्तनको कारण महोत्वसलाई थप दुई दिन थप्न महोत्वमा व्यापार गर्दै आएका व्यापारीहरुले माग गरेका छन । वर्षाको कारण बागलुङ बजारको जनजीवन समेत प्रभावित भएको छ । चिसोको कारण सर्वसाधारण नागरिक घरभित्र बस्न बाध्य भएका छन ।

Related News

सम्बन्धित समाचार

hero news full width