शुक्ला गण्डकीमा चितुवा आतंक बढेपछि फलामेखोर निर्माण

आदर्श समाज सम्वाददाता
पौष १८, २०७६
liport

तनहुँ, १८ पुस । तनहुँको शुक्लागण्डकी–३ रातमाटामा २२ महिने बालकको चितुवा आक्रमणबाट मृत्यु भएपछि फलामे पासोको खोर निर्माण गरिएको छ।डिभिजन वन कार्यालय तनहुँबाट ल्याइएको फलामको पासो मंगलवार वन छेउमा राखिएको हो । ढाङढुङ्गे ठूलोपाखा तीन पोखरी सामुदायिक वनमा बाख्रासहित पासो थापिएको छ ।

आइतवार साँझ करिव साढे ६ बजे स्थानीय राजु नेपालीका २२ महिने छोरा रवीन नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएपछि ‘फलामको पासो निर्माण गरिएको हो ।ईलाका डिभिजन वन कार्यालय शुक्लागण्डकी बेलचौताराका प्रमुख काशीराज पण्डितका अनुसार फलामे खोरमा बाख्रा सहित राखिएको छ उनले भने हामी फलामे खोर निर्माण लगत्तै परम्परागत काठको खोर बनाउने योजनामा छौ उनले भने।

भानुनगरपालिकामा गत वर्ष र यस वर्षमा मात्रै ६ जना बालबालिकाको चितुवा आक्रमणबाट ज्यान गएको छ भने ९ जना मानिसहरुलाई गम्भीर घाइते बनाएको छ। यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका शिशुको चितुवा आक्रमणमा मृत्यु भएपछि स्कुले विद्यार्थी शिक्षक, अभिभावक र आमसर्वसाधारण वर्गलाई स्कुल टु स्कुल जन सचेतना अभियान र पर्चा ,पम्प्लेट ,पोष्टर वितरण गर्न थालिएको छ ।

सब डिभिजन वन कार्यालय शुक्लागण्डकी बेलचौताराको आयोजनामा मंगलवार रातमाटामा सचेतनामुलक कार्यक्रम गरिएको छ। रातको समयमा विशेष निगरानी राख्नपर्नै भएपछि स्थानीयहरुले विभिन्न वडाहरु जस्तै १, २, ३, ६ नं। वडाका स्थानीय उद्योगी। व्यवसायी ,विभिन्न राजनैतिक दलका प्रतिनिधि, संचारकर्मीले सहभागितामुलक ऐक्यबद्धता जनाएका थिए । सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य मुक्तिनाथ तिमिल्सिनाले स्थानीयहरु सचेत भई बालबालीकाको हेरचाह गर्नुपर्नेमा जोड दिए । स्थानीयले संरक्षण गर्दै आएको वनबाट मानवीय क्षति हुनु दुःखद कुरा भएको उल्लेख गरे । उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्ण राज पण्डितले उक्त घटनालाई न्यूनीकरण गर्न तर्फ सरोकारवाला सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।

उनले घर वरपर भएका झाडी सफाइ गर्न आग्रह गर्दै सवैलाई सचेतरही कही कतै घरबाट बाहिर निस्कन परे परिवारका सदस्यहरुको साथनलिई घरबाहिर नजान आग्रह गरे। यसैगरी सब डिभिजन प्रमुख काशीराज पण्डितले चितुवाले बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेको जानकारी दिदै सजग र सतर्क रहन सबैलाई अपील गरे । ‘एक पटक मानिसलाई आक्रमण गरेपछि अर्को पटक पनि मानिसलाई आक्रमण गर्ने सम्भावना धेरै रहन्छ,’ उनले भने, ‘त्यसैले साँझपख र विहानीपख घरबाहिर बच्चाहरुलाई नछाड्न र धाँसदाउरा वन जंगल जानैपरे समूह बनाएर जानुपर्ने बताए ।

शुक्लागण्डकी नगरपालिका– ६ का अध्यक्ष कृष्णबहादुर पौडेल, स्थानीय उपभोक्ता महासंघका उपाध्यक्ष केशवराज पौडेल समाजसेवी बलराम घिमिरे लगायतले बसाइँसराइको कारण बस्ती पातालिएको र वनमा जंगली जनावरको खाने बस्तु नभेटनुले मानिसमाथि आक्रमण हुन थालेपछि समस्या उत्पन्न भएको बताए । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट पहिलो पटक २०७४ फागुन १ मा आँगनमै खेलिरहेका भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरेको थियो ।

त्यसयता २०७५ कात्तिक २९ मा भानु–४ जोखानेकी ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १५ मा भानु–२ ढल्केबरका १० वर्षीय अमृत गुरुङ, गत जेठ २४ मा भानु–२ भकुन्डेथोककी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ मा भानु–१ भन्सारका ३ वर्षीय आशिष बानियाँ, कात्तिक ११ मा भानु–२ फुर्सेटारका ७ वर्षीय ऋतिक रोका गरी ६ जनाको ज्यान गएको छ । ४ बालबालिका घाइते भएका छन् । चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेपछि स्थानीय निकै त्रसित थिए ।

यसरी शुक्लागण्डकीका ४ वटा वडाका स्कुले बालबालिका र वनमा धाँसदाउरा गर्न हिडेका स्थानीय चितुवा आतंकले दिनानुदिन त्रसित रहेका छन् । स्थानीय राधादेवी थापा भन्छिन् मेरा दुईवटा छोराछोरी निधाएपछि निन्द्रामा पनि चितुवा आयो चितुवा आयो भनी चिच्याउछन्। यसरी बालबालिकाहरु शारीरिक ,मानसिक र संबेगात्मकत्रास फैलिएको छ भने रातमाटा र ढुलापाखा क्षेत्रका स्कुले विधार्थीलाई विधालय सहज रुपले आवतजावत गर्न सकेका छैन ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width