देउवाले सभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागे- सुजाता कोइराला

आदर्श समाज सम्वाददाता
पौष १८, २०७६
sujata

बुटवल १८ पुस । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाइ आग्रह गरेकी छन् । बुटवलमा प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले देउवाले फेरि सभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोप लगाइन् ।

‘पार्टी सबैभन्दा ठूलो कुरा हो,व्यत्ति होइन,पार्टीको बिबाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ । ’ उनले भनिन् –यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहेमा म गिरिजाप्रसाद कोइरालाको छोरीको पनि हात यो पार्टीमा भोट हाल्नलाइ कांप्च ।’

भोट हाल्ने बेला जनताले पनि यो बिषयमा गम्भीर भएर सोच्ने उनको भनाई छ । पार्टीको बिबाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ ।कांग्रेस महाधिबेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाइ बलियो बनाउनेलाइ जिताउनुपर्ने उनको भनाइ छ । कोइराला परिवार भनेर मात्रै होइन,कांग्रेसमा योगदान गरेको इतिहास छ । शेखर,शशांक र म जोभएपनि हामी बीच बिबाद छैन,मिलेरै पार्टी अगागि बढ्नुपर्ने उनको भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् । सरकारले जनचाहना बिपरितका काम गरेको भन्दै उनले सरकारलाई सच्चिन आग्रह गरिन् । निर्मला हत्या,वाइडबडी,बालुवाटार,यतिकाण्डदेखि २०—३० वटा काण्डै काण्ड मच्चाएर सरकारले के गर्न खोजेको हो भनेर उनले प्रश्न समेत गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width